मुख्यमन्त्रीद्वारा दलाई लामाका दाजुलाई श्रद्धाञ्जली

IMG-20250214-WA0251

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले १४औं दलाई लामाका दाजु स्वर्गीय कुङ्गो ग्यालो थोण्डुपप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्। मुख्यमन्त्रीले कालेबुङस्थित उनको निवास स्थानमा पुगेर श्रद्वाञ्जली अर्पण गर्नका साथै शोक सन्तप्त परिवारजनमा शोक सम्वेदना व्यक्त गरे। मुख्यमन्त्रीले दिवंगत कुङ्गो ग्यालो थोण्डुपका सुपुत्र नवाङ तान्पा थोन्डुप र उनका परिवारका अन्य सदस्यसित भेट गरी यस गहिरो क्षतिको घडीमा उनीहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरेका छन्। उक्त अवसरमा मुख्यमन्त्रीका साथमा जूम सालघारी समष्टिका विधायक मदन सिन्चुरी पनि उपस्थित थिए। स्वर्गीय कुङ्गो ग्यालो थोन्डुपको ज्ञान, समर्पण र सेवाको महान विरासतको स्मरण गर्दै मुख्यमन्त्रीले उनको योगदानले भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement