राजगञ्ज: आज राजगञ्जमा राई साहेब ठाकुर पञ्चानन वर्माको १६०औँ जन्मजयन्ती मनाइयाे। आज राजगञ्ज ब्लक अन्तर्गत माझियाली ग्राम पञ्चायतको मेहन्दीगाछमा करताेया नदी किनारमा रहेको चेयारीखड़ीमा क्षेत्रिय राजवंशी कुलगुरु कुलशिष्य एवं भक्त समाज सेवा संस्थानद्वारा यो दिवस मनाएको हो।
यस अवसरमा ठाकुर पञ्चानन वर्माको शालिकमा माल्यार्पण गरी उनलाई श्रद्धाञ्जली अर्पण गरियो।
यस अवधि कुलगुरु कुलशिष्य र भक्त समाज सेवा संस्थान केन्द्रीय कमिटी काे सचिव हरदेव अधिकारी, जलपाईगुड़ी जिल्ला कमिटी काे अध्यक्ष करुणाकांत अधिकारी, टयाल सिंह राय, प्रफुल्ल राय, हसीबुल मोहम्मद लगायत अन्यहरुकाे उपस्थिति रहेको थियो।









