नक्सलबारीमा माध्यमिक परीक्षार्थीको मृत्यु

Chhetriya-Samachar-1

नक्सलबारी: नक्सलबारीको मेचबस्ती क्षेत्रमा अर्पिता मण्डल नामकाे एक माध्यमिक परीक्षार्थीको मृत्युले भएको छ। उनी नक्सलबारीको खालपाड़ा क्षेत्रकी बासिन्दा थिइन्।
प्राप्त जानकारी अनुसार नक्सलबारी नन्दप्रसाद बालिका विद्यालयकी छात्रा अर्पिता मण्डल आफ्नो साथीको घरबाट माध्यमिक परीक्षा दिदै थिइन्। हिजो साँझसम्म पनि नउठ्दा उनका साथीले फोन गर्न थालिन् र अर्पिताकाे आमालाई फोन गरिन्।
लगत्तै उनलाई नक्सलबारी अस्पताल लगियो तर चिकित्सकले अर्पितालाई मृत घोषित गरे। शवलाई पोष्टमार्टमका लागि आज उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ। उक्त घटनाका कारण क्षेत्र शोकमा डुबेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement