खरसाङ: खरसाङमा भफरहेको गोर्खा चेली महिला फुटबल टुर्नामेन्ट २०२५ अन्तर्गत आज भएको खेलमा एसएसबी रानीडागाले खेल जितेर सेमी फाइनलमा प्रवेश गरेको छ। गोर्खा चेली फुटबल टुर्नामेन्टको तेस्रो संस्करण खरसाङ फुटबल एसोसिएशनको आयोजन तथा जीटीएको खेल अनि युवा मामिला विभागको तत्वाधानमा साथै खरसाङ नगरपालिकाको सहयोगमा भईररहेको छ। आज चौथो क्वाटर फाइनल खेल एसएसबी रानीडाँगा अनि देबान्जन शेर एफसी, कालेबुङमाझ सम्पन्न भएको छ।आज खेलको पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफमा दुवै दलको धेरै कोशिष गरे भने एसएसबी थप दुई गोल गर्न सफल भएर बिजय प्राप्त गरेर सेमी फाइनलमा प्रवेश गरेको छ।

यस खेलमा उत्कृष्ट खेलाडीको रुपमा एसएसबीकी रन्जीता देवीलाई श्री वाङ्ग्देन भोटियाको बाहुलीबाट पारितोषिक प्रदान गरियो। खेलका निर्णायकहरुमा प्रमुख प्रतिक गुरुङ अनि सहायकहरु दावा डोमा भुटिया, रिन्छेन शेर्पा अनि फोर्थ अफिसियलमा सन्जय थापा अनि अर्बिन्द छेत्री थिए भनी खरसाङ फुटबल एसोसिएसनको सचिव सुदिप राईले जानकारी दिएका छन्।