कालेबुङ जिल्लाको ८औं स्थापना दिवस पालन

IMG-20250214-WA0230

कालेबुङ: कालेबुङ जिल्ला प्रशासनको आयोजनमा जिल्लाको ८औं स्थापना दिवस विभिन्न कार्यक्रमको साथ सम्पन्न गरिएको छ। कालेबुङको टाउन हलमा सम्पन्न कार्यक्रमममा जिल्लापाल बाला सुब्रमन्यम टि अतिरिक्त जिल्लापाल, जिल्ला पुलिस अधिकारीहरू सभासदहरु, नगरपालिका प्रशासक, सभासदहरु, जातीय विकाश बोर्डका अध्यक्ष तथा पदाधिकारीहरू उपस्थित रहेका थिए। कार्यक्रमको थालनीमा अतिथिहरुद्वारा पुष्प प्रदर्शनी लगायत अन्य प्रदर्शनीको जिल्लापालद्वारा उद्घाटन गरियो। यसरी नै कालेबुङका पत्रकारहरुलाई सम्मान पनि जनाइयो।

यसैबीच कालेबुङका अन्य विभिन्न प्रेरणादायी कार्य गर्ने व्यक्तिहरुलाई पनि सम्मान जनाइयो। सुराजमनी प्रधानले सञ्चालन गरेको कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङको जिल्लापालले कालेबुङ स्थापना भए यता गरिएको विभिन्न सहुलियत, प्रगति अनि उन्नतिबारे विस्तारपूर्वक बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement