सीआरपीएफ कॅम्पमा गोलीबारी

l7eveovg_crpf-jawan-opens-fire_625x300_13_February_25

इम्फाल(मणिपुर): इम्फाल पश्चिम जिल्ला स्थित १२०औं बटालियनको सीआरपीएफ कॅम्पमा एक जवानले आफ्नै दुई साथीहरूमाथि गोली चलाए जसमा घटनास्थमै उनीहरूको मृत्यु भयो। यसपछि उक्त जवानले आफूलाई पनि गोली दागे।
अधिकारीहरू अनुसार, याे घटना राति लगभग ८ बजी घटेको हो।
आरोपी हवलदार संजय कुमारले आफ्नो बन्दूकबाट गोली चलायो, जसमा एक कन्स्टेबल र एक उपनिरीक्षकको घटनास्थमै मृत्यु भयो।
यसपछि कुमारले आफूमाथि पनि गोली चलाए।
कुमारलाई तुरुन्तै अस्पताल लगियो, जहाँ उसलाई मृत घोषित गरियो। यी गोलीबारीमा घाइते सीआरपीएफका अन्य आठ जवानहरूलाई इम्फालको क्षेत्रीय आय़ुर्विज्ञान संस्थानमा भर्ती गराइएको छ।
अधिकारीहरू अनुसार, पुलिस र सीआरपीएफका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। मामिलाको जाँच जारी छ र यसो गोलीबारीकाे कारणको पत्तो लगाइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement