गोरायुमोद्वारा मिरिकको सुवास घिसिङ स्मृति पार्कमा रक्तदान शिविरको आयोजना

IMG-20250214-WA0203

मिरिक: गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो)द्वारा मिरिकको मञ्जुश्री पार्कमा सुवास घिसिङ स्मृति पार्कमा रक्तदान शिविर सम्पन्न गरिएको छ। गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको स्मृतिमा आयोजित यस विशेष शिविरमा युवाहरूले रक्तदान गर्दै समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन्। गोरायुमो केन्द्रीय समिति सदस्य प्रवेश राईले जानकारी गराए अनुसार, हाल दार्जीलिङ पहाडमा रगतको अभाव रहेकोले यस्तो शिविरको आयोजना गरिएको हो। उनले भने, “हाम्रो सानो प्रयासले आपतमा परेकाहरूलाई राहत पुग्नेछ भन्ने विश्वास गरेका छौं।” साथै, २०१९ को १४ फरवरीमा पुलवामामा भएको आतंककारी आक्रमणमा वीरगति प्राप्त गरेका सैनिकहरूको सम्झनामा पनि रक्तदान गरिएको उनले बताए।
यस शिविरमा दार्जीलिङ, खरसाङ र मिरिक ब्राञ्च कमिटीका युवाहरूले रक्तदान गरेका थिए। गोरायुमो केन्द्रीय समिति संयोजक संजोक गुरुङको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा गोरामुमो मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्का, गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल, खरसाङ ब्राञ्च कमिटी गोरायुमो अध्यक्ष रुपेश छेत्री, सचिव सन्तोष सुब्बा, मिरिक ब्राञ्च कमिटी गोरायुमो अध्यक्ष रुचन राई, सचिव निश्चल थापा, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी सदस्य हेमशरण प्रधान, गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरायुमोका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

गोरायुमोले आगामी दिनहरूमा पनि यस्ता समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यसको साथै पार्टीले पहाडका युवाहरुलाई रक्तदान गरेर समाजमा सहयोग पुर्याउन आह्वान गरेको छ। रक्तदान भनेको केवल रगत दिनु मात्र होइन, यो एक जीवन बचाउने अभियान हो। “रक्तदान गरौं, जीवन बचाऔं!” भन्ने नारालाई आत्मसात गर्दै समाजमा सचेतना फैलाउन आवश्यक छ।रक्तदानको महत्त्वलाई बुझेर हरेक सचेत नागरिकले वर्षमा कम्तीमा एक पटक रक्तदान गर्ने संकल्प गरौँ भनी प्रवेश राईले अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement