बिर्तामोड: दमक नगरपालिका-१ कुमाल चौकस्थित भित्री सडकबाट प्रहरीले अवैध काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको को २ त २०७ नम्बरको ट्याक्टर सिसौ र टिक जातका गोलिया काठ लोड गरिएको अवस्थामा फेला परेको हो।बरामद गरिएको काठ र ट्याक्टरलाई दमक सब-डिभिजन बन कार्यालय, बेलडाँगीमा बुझाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।