तीव्र गतिको गाडीकाे ठक्करले बाइसनको मृत्यु

IMG-20250214-WA0171

चालशा: हाल प्रय प्रत्येक दिन वन्यजन्तुहरू जंगलबाटाे तिब्र गतिमा चल्ने गाड़ीहरुको शिकार हुन थालेका छन्।
आज बिहान पनि यस्तै घटना जलपाईगुड़ी जिल्ला अंतर्गत चपरमारी जंगलकाे चालशा – नागरकाटाकाे राष्ट्रिय राजमार्ग १७मा घटेको छ।
स्थानीय स्रोतका अनुसार आज बिहान एउटा बाइसन घना जङ्गलबाट बाहिर निस्केर सडक पार गर्ने क्रममा तीव्र गतिमा गुडिरहेको एउटा चारचक्के गाडीले उक्त बाइसनलाई ठक्कर दिंदा बाइसनकाे घटनास्थलमै मृत्यु भयोे।
यद्यपि, सडकमा नियमित रूपले “वन्यजन्तु क्रसिङ, रोडमा बिस्तारै हिड्नुहोस्” लेखिएको साइन बोर्ड रहेकाे छ।
तर पनि गाडीहरु तीब्र गतिमा गुडिरहेका छन् र जनावरहरूले आफ्नो ज्यान गुमाइरहेका छन्।
घटनाको खबर पाएलगत्तै वन विभागका अधिकारी घटनास्थलमा पुगेर मृत बाइसन काे शव बरामद गरे। घटनाकाे सम्बन्धमा वन विभागको खुनिया रेन्जका रेन्जर सजल कुमार डेले मारुती ओम्नी गाडीसँग ठक्कर खाँदा बाइसनको मृत्यु भएको र गाडीलाई पनि क्षति पुगेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement