लिलामीमा ६.६० लाख डलरमा बिक्यो कोबे ब्रायण्टको जुत्ता

IMG-20250213-WA0401

नयाँ दिल्ली: अमेरिकाका महान बास्केटबल खेलाड़ी कोबे ब्रायण्टले २०१३-मा एउटा चर्चित म्याचको अवधि लगाएको जुत्ता (स्नीकर) लिलामीमा ६.६० लाख डलरमा बिक्यो। लस एञ्जिल्स लेकर्सबाट खेल्दै ब्रायण्टले गम्भीर चोट लिएर पनि गोल्डन स्टेट वरियर्सविरुद्ध असाधारण प्रदर्शन गरेका थिए। लिलामी गर्ने संस्था सोथबी-ले कोबेको करियरमा ‘द अकिलिस गेम’ भन्दा अधिक ‘माम्बा मानसिकता’ को प्रतीक कुनै क्षण हुन सक्दैन भनी बताएको छ। उल्लेखनीय छ, बास्केटबल हल अव् फेमर कोबेको जनवरी २०२०-मा क्यालिफोर्नियाको केलाबासमा एउटा हेलिकप्टर दुर्घटनामा ४१ वर्षको उमेरमा मृत्यु भएको थियो। दुर्घटनामा उनकी १३ वर्षीय छोरी जियानसहित अन्य आठजनाले पनि ज्यान गुमाएका थिए। ब्रायण्टको निम्ति त्यो म्याच कहिले नभुल्ने साबित भयो। खेलको दोस्रो भागमा उनको घुँड़ामा चोट लाग्यो। त्यसपछि चौथो क्वार्टर समाप्त हुन ३ मिनट अघि उनी लड़्दा उनको देब्रे एड़ीमा चोट लागेको थियो। त्यस म्याचमा ब्रायण्ट केही मिनटको निम्ति बेञ्चमा बसेका थिए अनि कोर्टमा फर्किएर दुईवटा फ्री थ्रो गरेका थिए । त्यस म्याचले ब्रायण्टको महानतालाई अलग उँचाईमा पुऱ्याएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement