गान्तोक: शहर बजारमा मात्र होइन अब गाउँ-घरमा पनि चोरी हुन थालेको छ। हिजो पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत आसाम लिङ्गजे गाउँमा यस्तै एउटा चोरीको घट्ना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार चोर (हरु) ले स्थानीय एउटा घरबाट ५ लाख ५० हजार नगदसाथै १२ तोला सुनका गरगहना चोरेर लगेको छ। घर मालिकले पाकिम थानामा प्राथमिकी दर्ता गरेर घट्ना बारे जानकारी दिएका हुन्। प्राथमिकीमा बताइएअनुसार हिजो बिहान साढे नौ बजीदेखि अपराह्न साढे तीन बजी भित्रमा कोही नभएको मौका पारेर अज्ञात चोर(हरु) ले घरको ताला फोरेर नगद अनि गरगहना चोरी गरेका हुन्। घट्नालाई लिएर पुलिसले जाँच शुरु गरेको छ।