एसएसबी डीआइजीको राज्यपालसित भेट

IMG-20250213-WA0405

गान्तोक: सशस्त्र सीमा बल मुख्यालयका नवनियुक्त डीआइजी मनिश कुमारले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा सुरक्षा, विकास र क्षेत्रमा शान्ति र व्यवस्था कायम राख्न एसएसबीको भूमिकासँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो। डीआईजीले सिक्किममा सेवा गर्ने अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै राज्यपाललाई आफ्नो भूमिकामा इमानदारी र समर्पणको मूल्यमान्यता कायम राख्ने प्रतिबद्धताको आश्वासन दिए। सीमानाहरूको सुरक्षा प्रदान गर्न र यस क्षेत्रको समग्र सुरक्षामा योगदान पुर्याोउने एसएसबीको प्रयासको प्रशंसा गरे। राज्यपालले नवनियुक्त डीआईजी, एसएसबीलाई हार्दिक स्वागत गर्दै उनको भविष्यका सबै प्रयासहरूको लागि शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement