गान्तोक, आपदा प्रबन्धन तयारीलाई लिएर जिल्ला आपदा प्रवन्धन प्राधिकरण र राष्ट्रीय आपदा रेस्पोन्स फोर्स र सशस्त्र सीमा बलको संयुक्त पहलमा आज सोरेङ जिल्लामा भूकम्प सम्वन्धि एक दिवसीय मोकड्रील आयोजना गरियो। सोरेङ जिल्लाको नयाँ बजार सरकारी निम्न माध्यमिक विद्यालय र जूमफाटक एनडीपी क्षेत्रमा आयोजित कार्यक्रममा मोकड्रिल अभ्यासले बिहान ९ बजे आएको ६.२ म्याग्निच्युडको भूकम्पको नक्कल गरेको थियो। जसमा तत्काल र प्रभावकारी प्रतिक्रिया रणनीतिहरू आवश्यक पर्ने दुई विशिष्ट आपतकालीन परिस्थितिहरूमा जानकारी गराइएको थियो। भूकम्पको कारण नयाँबजार निम्न माध्यमिक विद्यालय भग्नावशेषमुनि विभिन्न कोठा भित्र लगभग ८ जना विद्यार्थीहरू फँसेका थिए। एनडीआरएफका उद्धारकर्ताहरूले एसडीआरएफ र एसएसबीसँग मिलेर विभिन्न उद्धार कार्यहरू सञ्चालन गरेका थिए जसमा प्रभावित स्थान पत्ता लगाउन क्यामेरा, आगो निभाउने, र भवनको उच्च स्थानमा फँसेका पीडितहरूलाई उद्धार गर्न डोरीको सहायताद्वारपा उद्धार गर्ने कार्य सम्पन्न भएको थियो। यसका साथै, जूम फाटकमा प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो। जहाँ पीडितहरूको उपचार सुविधा पुर्यामइएका थिए। पीडितहरूको चिकित्सा उपचारलाई प्राथमिकता दिन ट्राइज प्रणाली लागू गरिएको थियो। दोस्रो चरणमा भूकम्पका कारण आएको पैह्रोमा फँसेका मानिसलाई उद्धार गर्न एयरब्यागहरू प्रयोग गरेको थियो। यसक्रममा सोरेङ जिल्लापालले विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेर उनीहरूलाई एनडीआऱएफ र एसडीआरएफको महत्त्वबारेमा जानकारी गराए। उनले घटनास्थलमा उपस्थित मानिसहरुलाई यस्ता अभ्यासहरूको महत्त्व र आपदा तयारीबारे अवगत गराए। अग्नि नियन्त्रकहरूले विभिन्न प्रकारका अग्नि नियन्त्रकहरू, प्रयोगहरू र यसको मरम्मतिबारेमा जानकारी गराएका थिए जहाँ अग्नि तथा आपतकालीन सेवाबारे प्रदर्शनी गरियो। पीआइ जोएल राईले आगोको जोखिम कम गर्न आइएसआइ चिन्ह लगाइएको सिलिन्डर प्रयोग गर्ने महत्त्वमाथि प्रकाश पारे। उनले आफ्नो टोलीसँगै सहभागीहरूलाई आगलागी रोकथामबारे बताए।