गान्तोक: नाम्ची जिल्लामा दुई दिवसीय विक्रेता विकास संगोष्ठी, प्रदर्शनी र क्रेता-विक्रेता भेटघाट शुरू भयो। यो कार्यक्रम भारत सरकारको एमएसएमई मन्त्रालय अन्तर्गत एमएसएमई गान्तोकले भारतीय सुक्ष्म औद्योगिक विकास ब्यांकसँगको सहकार्यमा आयोजना गरेको हो। आजको उदघाटन कार्यक्रममा नाम्ची जिल्लाका विधायक सतिश चन्द्र राई मुख्य अतिथिकोरूपमा उपस्थित थिए। नाम्ची जिल्लाको सेन्ट्रल पार्कमा आयोजित कार्यक्रममा विभिन्न स्टलहरूको भ्रमण गर्दै प्रदर्शनीमा राखिएका सामग्रीहरूको निरीक्षण गर्ने क्रममा भेन्डोर्सहरूसँग अन्तक्रिया पनि गरे। अन्तक्रियाको क्रममा उनले एमएसएमई क्षेत्रका विभिन्न पक्षहरू र व्यावसायिक अवसरहरूबारे छलफल गरे। यसअघि, उनले अतिरिक्त जिल्लापाल तिरसाङ तामाङ, एमएसएमई-डीएफओ प्रतिनिधि निर्मल चौधरी, एसआईडीबीआई सीआईपी सल्लाहकार बनजित हुजुरी र अन्य सहभागीहरूसँग नाम्चीस्थित अफिसर्स क्लबमा आयोजित एक सेमिनारमा सहभागिता जनाए।