आकाशवाणी गान्तोकमा विश्व रेडियो दिवस पालन

IMG-20250213-WA0400

गान्तोक: आकाशवाणी गान्तोकले बिहीवार आकाशवाणी गान्तोक कार्यालय परिसरमा विश्व रेडियो दिवस पालन गरेको छ। कार्यक्रमले समाचार प्रसारण, श्रोताहरूलाई मनोरञ्जन दिने र देशको दुर्गम कुनामा धेरै लाभदायक योजना प्रसार गर्ने सन्दर्भमा भारत सरकारको आवाज बन्ने सन्दर्भमा रेडियोको महत्त्वपूर्ण भूमिकामा केन्द्रित थियो। कार्यक्रममा उपनिर्देशक तथा क्लस्टर प्रमुख, दूरदर्शन गान्तोक र आकाशवाणी गान्तोक डा. नीरज कुमार पाण्डे उपस्थित थिए। यस वर्षको विश्व रेडियो दिवसको विषयवस्तु ‘जलवायु परिवर्तनका लागि रेडियो’ रहेको छ। कार्यक्रमको शुरुआत वरिष्ठ समाचारवाचिका तथा अनुवादक उषा शर्माको स्वागत सम्बोधनबाट भयो। कार्यक्रम प्रमुख विनोद कुमार शर्माले सडक र पुल पनि नपुगेका ठाउँहरूमा मानिसलाई मनोरञ्जन दिने सन्दर्भमा रेडियो कसरी अझै पनि सान्दर्भिक रहनेछ भन्ने कुरामा जोड दिए। शर्माले भने, “जानकारीमूलक कार्यक्रमले मानिसहरूलाई मनोरञ्जन मात्र दिने छैनन् तर भारतको राम्रो नागरिक निर्माणमा पनि उल्लेखनीय योगदान पुर्यालउनेछन्।” शर्माले युवाहरूलाई रेडियो सुन्न प्रोत्साहित गरे। नीरज कुमार पाण्डेले रेडियो कसरी सञ्चारको माध्यमको रूपमा विकसित भएको छ सोबारे बोल्दै यस वर्षको विश्व रेडियो दिवसको विषयवस्तु रेडियो र जलवायु परिवर्तनबारे अवगत गराए। पाण्डेले भने, “भारत सरकारको सेवक र भारतका नागरिकको रूपमा हामी पृथ्वी माताप्रति केही मौलिक कर्तव्य राख्छौँ। हामीले निजी वाहनको प्रयोग, बिजुलीको अनावश्यक खपतबाट टाढा रहेर महिनाभरि कम्तीमा केही बिरुवा रोपेर सकेसम्म कम कार्बन-डाइ-अक्साइड उत्सर्जन कम गर्ने सुनिश्चित गर्नुपर्छ।” यस सन्दर्भमा पाण्डेले ‘एक पेड मां के नाम’ पहलको उल्लेख गरे। पाण्डेले सबै कर्मचारीमा रेडियोप्रतिको जोश जगाउँदै आफ्नो भाषणको अन्त्य गरे र एकजुट टोली भावना सुनिश्चित गर्न अनुरोध गरे। आकाशवाणी गान्तोकको इञ्जिनियरिङका सहायक निर्देशक सुधीश सारस्वतले रेडियोले कसरी लघु तरङ्ग, त्यसपछि मध्यम तरङ्ग र अहिले विभिन्न सामाजिक सञ्जाल ऐप र वेबसाइटमा आफ्नो जीवन्त उपस्थितिसहित पुनरुत्थान गर्दै आएको बारे प्रकाश पारे। कार्यक्रम कार्यकारी तरुण कुमार घोषले कार्यक्रम खण्डमा आफ्नो लामो अनुभव र गत केही वर्षमा कार्यक्रमहरूको विधि र आकर्षण कसरी विकसित भएको छ भन्नेबारे प्रकाश पारे। घोषले आत्मविश्वासका साथ भने, “मानिसहरूलाई मनोरञ्जन दिन जुनसुकै मिडिया आए पनि रेडियोको प्रासङ्गिकता अझै पनि मनोरञ्जनको सबैभन्दा प्रामाणिक उपकरणको रूपमा सान्दर्भिक रहनेछ।” आकाशवाणी गान्तोकका सहायक निर्देशक (समाचार) र क्षेत्रीय समाचार एकाइ प्रमुख मानस प्रतिमा शर्माले यदि रेडियो समाचारले युवाहरूमाझ आफ्नो आभा कायम राख्ने हो भने यो सामाजिक सञ्जाल उपकरणमा अझ आकर्षक र व्यावसायिक रूपमा देखा पर्नुपर्ने सुझाउ राखे। शर्माले भने, “रेडियो समाचारले परम्परागत शैलीको समाचार प्रसारण र आधुनिक एक-लाइनर शैलीको समाचार खानपानबीच सन्तुलन कायम राख्नुपर्छ, जसले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्दछ।” उनले आफ्नो सम्बोधनको अन्त्यमा सबै समाचारदाताहरूलाई प्रोत्साहन गर्दै भने, “चाहे त्यो आंशिक समय संवाददाता होस्, रेडियो रिपोर्टर होस् वा समाचार सम्पादक, हामीले आफूलाई निरन्तर नयाँ कौशल र पूर्ण समर्पणले पोषण गर्नुपर्छ ताकि रेडियो समाचारले दुर्गम गाउँलेदेखि करोडपतिसम्मका मानिसहरूको मन जित्न सकोस्।” कार्यक्रममा उषा शर्माद्वारा धन्यवाद ज्ञापन गरियो। कार्यक्रममा सहायक निर्देशक (इञ्जिनियरिङ) कमल कुमार श्रीवास्तव, वरिष्ठ उद्घोषक किदेन भोटिया, वरिष्ठ स्टेनोग्राफर सुनिता सुनुवार, समाचार सम्पादक मैनाक च्याटर्जी, आकाशवाणी गान्तोकका अधिकारी र पदाधिकारीहरूको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement