गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङले पूनः गृह राज्यमा सबैभन्दा लोकप्रिय नेता बन्नपुगेका छन्। इण्डिया टुडेको ‘मुड अफ द नेशन’ (एमओटीएन) पोल अनुसार राज्यमा सबैभन्दा लोकप्रिय नेताको रूपमा चयन गरिएको हो। यसै वर्षको फरवरी महिनामा जारी गरेको इन्डिया टुडे एमओटीएन पोल अनुसार, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ६२.१ प्रतिशत अंक रेटिङका साथ लोकप्रियतारो सूचीमा शीर्ष स्थानमा परेका छन्। यस तथ्याङ्कले राजनैतिक परिवर्तनको उल्लेखनीय उपलब्धिलाई दर्शाएको छ। स्मरण गराइन्छ, वर्ष २०२३ मा सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङको अंक रेटिङ केवल २६ प्रतिशत थियो भने अगस्त २०२४ सम्ममा आइपुग्दा यो रेटिङ बढ़ेर ५५.७ प्रतिशतमा पुगेको थियो। जो अहिले आएर अझ बढ़ेको छ। यो रेटिङ सर्वेक्षणमा ट्र्याक गरिएका सबै मुख्यमन्त्रीहरूमध्ये सबैभन्दा तीव्र वृद्धि पनि हो। तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन ५६.८ प्रतिशतले दोस्रो स्थानमा छन् भने असमका मुख्यमन्त्री हिमन्त विश्वशर्मा ५५.४ प्रतिशत रेटिङका साथ तेस्रो स्थानमा छन्। यी दुवै नेताहरूले गत वर्षकाे तुलनामा स्थिर रेटिङ कायम राखेका छन् तर मुख्यमन्त्री तामाङको तीव्र वृद्धि अझ उल्लेखनीय बन्नपुगेको छ।
प्रत्येक राज्यका उत्तरदाताहरूलाई आफ्नै मुख्यमन्त्रीको कार्यसम्पादनको मूल्याङ्कन गर्ने सर्वे गरिएको थियो। यसअन्तर्गत ६२.१ प्रतिशत रेटिङ सिक्किमका ४९९ जना उत्तरदाताहरूबाट आएको इण्डिया टुडेको सर्वेक्षणमा बताइएको छ। सर्वेक्षणको परिणाम राज्यमा व्यापक राजनैतिक रुझानहरू अनुरूप छन्। मुख्यमन्त्रीले राष्ट्रिय गणतान्त्रिक गठबन्धनको घटक दलको रूपमा रहेर राज्यको एकल लोकसभा सीटमाथि आफ्नो प्रभुत्व कायम राखेको छ। यसैगरी, शीर्ष दशमा सामेल अन्य मुख्यमन्त्रीहरूमा गुजरातका मुख्यमन्त्री भूपेन्द्रभाइ पटेल ५४.२ प्रतिशतले चौथो स्थानमा छन् भने आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु ४६.९ प्रतिशतले पाँचौं स्थानमा छन्। यस्तै प्रकारले, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी अनि त्रिपुराका मुख्यमन्त्री माणिक साहा बराबरीको स्थानमा छन्। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले ३८.९ प्रतिशतका साथ केही सुधार ल्याएका छन्। सर्वेक्षणले देशमा जब चुनावी प्रतिद्वन्दिता नजिकिँदै गर्दा राज्यहरूमा परिवर्तनशील राजनैतिक गतिशीलतालाई स्पष्ट पारेको छ। जसमा मुख्यमन्त्रीको बढ्दो लोकप्रियता क्षेत्रीय नेतृत्वमा एउटा महत्त्वपूर्ण रूपमा अघि आएको छ। उल्लेखनीय छ, गत वर्ष २३ अगस्त २०२४-मा इन्डिया टुडे एमओटीएन पोलको सर्वेक्षणले सिक्किमका मुख्यमन्त्री तामाङलाई सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा देखाएको थियो भने यसपल्ट पनि सोही पोलको सर्वेक्षणले लोकप्रियताको उपाधि पुन मुख्यमन्त्री तामाङको नाम अघि ल्याएको छ। स्मरण गराइन्छ, जब इन्डिया टुडे एमओटीएन पोलले 2२३3 अगस्त २०२४ मा मुख्यमन्त्री गोलेलाई सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा देखाएको थियो। त्यसको भोलिपल्ट अर्थात् २४ अगस्तको दिन मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत् खुशी व्यक्त गरेका थिए। यसका साथै, उनले यो उपलब्धिमा सिक्किमेली जनताको उपलब्धि रहेको जनाउँदै सिक्किमवासीप्रति आभार व्यक्त गरेका थिए।