खस छेत्री-बाहुन कल्याण संघ स्थापना दिवसको तयारीमा

IMG-20250213-WA0394

गान्तोक: आगामी २६ फरवरीका दिन गेजिङको क्योङ्सा खेल मैदानमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले आफ्नो ३०औँ स्थापना दिवस भव्यताका साथ पालन गर्ने निर्णय लिएको छ। कार्यक्रमको तयारीलाई लिएर आज एउटा समन्वय बैठक आयोजना गरियो। सभामा राज्य सरकारका मन्त्रीहरू अरुण उप्रेती, राजु बस्नेत, जिटी ढुङ्गेल, क्षेत्र विधायक सञ्जित खरेल, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, अध्यक्ष ओबिसी बोर्ड पवित्र भण्डारी, सचिव राजस्व, विकास देवकोटा, खस समुदायका पदाधिकारी लगायत सदस्यहरू सामेल थिए। सभा आगामी कार्यक्रमलाई भव्य सफल बनाउने सल्लाहमाथि केन्द्रित थियो भने सबैले आआफ्नो सुझाउ राखेका थिए। सङ्घले स्थापना दिवस राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा पालन गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement