गान्तोक: भोलीदेखि रानीपुल नजिक सरम्सा गार्डनमा हुने तीन दिवसीय सिक्किम ब्लू ड्युक फेस्टिभल २०२५ आयोजनालाई लिएर सांसद सुब्बाले आज तयारीबारे अन्तिम जायजा लिए। उद्वघाटनीय कार्यक्रममा विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन् भने १५ फरवरी दोश्रो दिनको कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित हुनेछन्। सो अवसरमा स्थानीय लगायत बलिउड एवं नेपालका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको विशेष पहलमा शुरू गरिएको तीन दिवसीय यो महोत्सव आयोजनको उद्वेश्य विद्यार्थीहरूलाई एआई, ड्रोन र रोबोटिक्स जस्ता उदीयमान टेक्नोलोजीहरूको अनुभव प्रदान गर्नुका साथै पाक कला र उद्यमशीलता नेटवर्किंङ अवसरहरू प्रदान गर्नु रहेको छ। लोकसभा सांसद डा. सुब्बाले आज तयारी कार्यको जायजा लिएपछि सञ्चारकर्मीहरूलाई उक्त जानकारी गराए।