सडक मरमत्ति कार्य गुणस्तरीय गरिदिने अनुरोध

IMG-20250213-WA0372

दार्जिलिङ: पोख्रेबोङ ग्राम पञ्चायत दुई अधिएीनस्थ संगम बजारदेखि कोठीधुरा हुँदै मलट पुलबजार, ताम्कुले जाने अनि सोनादा सिडर्स जोड्ने मुख्य सडकको मरमत्ति कार्यको शिलान्यास कार्य केही दिन अघि नै भइसकेको थियो भने उक्त सडकको मरमत्ति कार्यको आरम्भ पनि नाला सफाइबाट भइसकेको छ। विगत दिनहरुमा त्यहाँका स्थानीयहरु अनि अन्यहरुले उक्त सडकको जीर्णताको कारण धेरै असुविधा भोगिरहेका थिए तर अबको सडक मरमत्तिले स्थानीयहरुमा खुशी छाएको छ। विगत दिनहरुको असुविधालाई स्मरण गर्दै उक्त सडक मरमत्ति कार्य स्तरीय गरिदिने स्थानीयको पक्षमा सदेश लोहोनी अनि दिनेश थापाले ठेकेदार पक्षलाई अनुरोध गरेका छन्। सडक मरमत्ति कार्य गुणस्तरीय भए स्थानीयवासीले आशिर्वाद दिनेछन्, नभए गाउँवासीले श्राप दिनेछन्, श्राप नलिनुहोस कार्य गुणस्तरीय गरिदिनुहोस, पछि हामीलाई आरटीआइ गर्न बाध्य पनि नबनाउनुहोस भन्दै ठेकेदार पक्षलाई दिनेश थापाले अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement