सिलगढी: आज, सिलगढी महाकुमा परिषदका सभाधिपति अरुण घोषले सडक र ड्रेनेज निर्माण कार्यको शिलान्यास गरे। उल्लेखित कामको बजेट ₹.५० लाख रहेको छ।
उल्लेखनीय छ, बुधवार सभाधिपति घोषले नक्सलबारीको तोताराम जोटेमा सडक र नाली, अपर बागडोग्रामा सडक, लाेअर बागडोग्राको गेटवेमा पेभर ब्लक र गोन्साइपुरमा नयाँ सडकको शिलान्यास गरेका थिए।
यस सन्दर्भमा घोषले ग्रामीण क्षेत्रका धेरै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै थप काम भइरहेको बताए। महाकुमा परिषदले मर्मत भइरहेको सडकहरूमा टोल चार्ज गर्ने पनि उनले जनाए।