जनजाति मामिलामा खरसाङका विधायक बीपी बजगाईले एन्थ्रोपोलोजिकल सर्भे अफ् इण्डियाको निर्देशक प्रो. बीभी शर्मासँग भेट

IMG-20250213-WA0370

खरसाङ: जनजाति मामिलामा विस्तारित रुपमा जानकारी लिन अनि आफ्नोमा भएको दस्तावेज दिन आज खरसाङका विधायक बीपी बजगाईले एन्थ्रोपोलोजिकल सर्भे अफ् इण्डियाको निर्देशक प्रो. बी भी शर्मासंग भेट गरेका छन्। यस भेटघाटमा उनीसँग खस भारतीय हितकारी सम्मेलन (खभाहिस) -का भूतपूर्व महासचिव एसपी शर्मा उप्रेती अनि बाग्राकोट डुवर्सबाट खभाहिसका आंचलिक कमिटि प्रचार-प्रसार सचिव खगेन्द्र शर्मा पनि थिए भने निर्देशकसँग कार्यालयका उप-निर्देशक डा अमित कुमार घोष उपस्थित रहेका थिए। उल्लेख गरिन्छ, भर्खरै १० जनवरी २०२५-को दिन दिल्लीमा सम्पन्न सिक्किम सरकारको जनजाति विषयको उच्च-स्तरीय बैठकमा निर्देशक प्रो. बी भी शर्माले नै अध्यक्षता गरेका थिए।
एन्थ्रोपोलोजिकल सर्भे अफ् इण्डियाबाट भारत सरकारको अण्डर सेक्रेटरी असगर अलीलाई लेखिएको पत्र संख्या ६-२१/पीएमआई/२०१८ लाई आधार गरेर आजको बैठकमा चर्चा शुरु गरिएको बताएका छन्‌। उक्त पत्रमा प्रश्न उभ्याइएका चारवटा समुदाय खस, याखा (देवान), सुनुवार अनि थामीमाथि विस्तृतमा चर्चा गरिएको जानकारी विधायक बीपी बजगाईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।‌ उनले भने, मैलौ गत १५ जनवरी २०२५ को दिन एउटा भिडियो वयान जारी गरेर यी चारै समुदायका नेतृवृन्दलाई सातदेखि दश दिनभित्रमा एन्थ्रोपोलोजिकल दस्तावेजसहित मलाई सम्पर्क गरे म सबैलाई लिएर एन्थ्रोपोलोजिकल सर्भे अफ इण्डियाको कार्यालय जाने अनि उक्त पत्रले बोकेको त्रुटी मेटाउने वचन दिएको थिएँ। तर निर्धारित समयमा मलाई एन्थ्रोपोलोजिकल दस्तावेजसहित कसैले पनि सम्पर्क गरेनन् यद्धपी मैले २७ दिनसम्म पर्खेर कोही पनि नआउँदा आज हामी तीनजना मात्र गएका हौँ। तर मैले विगतमा जनजाति मुद्दामा महाकमिटी बनाएको समय याखा (देवान) अनि थामी समुदायको दस्तावेज पाइसकेको थिएँ अनि खसको दस्तावेज एसपी शर्माको सहयोगमा बनाएर आज चारमध्ये तीनवटा समुदायको दस्तावेज हामीले बुझाएका छौं। यसका साथै सुनुवार समुदायको निम्ति पनि समय मागेर आएका छौं। यस बाहेक जनजाति हुनबाट छुटेका गोर्खा जातिका सबै समुदायको सरकारी रूपमा आधिकारिक रिपोर्ट तयार गर्ने दिशामा बैठकमा सहमति बनाएका छौं।’
उनले अघि भने, ‘आजको बैठकले मैले यस दिशामा केही अतिरिक्त जिम्मेवारी निभाउनु पर्ने कुराको बोध गरेको छु, जसलाई मैले गम्भीरताका साथ लिएको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement