तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टः कनकाई स्पोर्टिंग क्लब रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्न सफल

photocollage_2025213182130828

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा कनकाई स्पोर्टिंग क्लब (नेपाल)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा बिहीवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा कनकाई स्पोर्टिंग क्लब (नेपाल)-ले जीटीए इलेवेनविरुद्ध पेनल्टी शूटआउटमा ३-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा जीटीए इलेवेनको तर्फबाट सुजु राईले गोल गरिन्। यसरी कनकाई स्पोर्टिंग क्लबको तर्फबाट पूर्णिमा राईले अन्तिम क्षणमा गोल गरिन्। विजेता टीमकी खेलाड़ी पूर्णिमा राईले स्टार अव् द म्याच-को पुरस्कार जितिन्। शुक्रवार खेलिने क्वार्टर फाइनल म्याचमा देबाञ्जन शेयर गर्ल्स एकाडमी र एसएसबी रानीडांगाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल १८ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement