देहरादून: उत्तर प्रदेशका भाला फ्याँक्ने खेलाड़ी सचिन यादव, हरियाणाकी १८ वर्षीय हाई जम्प खेलाड़ी पूजा सिंह र हिमाचल प्रदेशका लामो दूरीका धावक सावन बेरवालले ३८औं राष्ट्रिय खेलहरूमा एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन नयाँ राष्ट्रिय रेकर्डको साथ स्वर्ण पदक जिते। नीरज चोपड़ा र किशोर जेना जस्ता स्टार खेलाड़ीहरूका अनुपस्थितिमा २५ वर्षीय यादवले आफ्नो पाँचौं तथा अन्तिम प्रयासमा ८४.३९ मीटरको दूरीमा भाला फ्याँकेर स्वर्ण पदक जिते। यादवले २०१५-मा राजिन्दर सिंह (८२.२३ मीटर)-ले बनाएको रेकर्डलाई तोड़े। यसरी यादवको थ्रो यस स्पर्धामा कुनै पनि भारतीयको पाँचौं सर्वश्रेष्ठ थ्रो हो। यस सूचीमा नीरज (८९.९४ मीटर), जेना (८७.५४ मीटर), शिवपाल सिंह (८६.२३ मीटर) र देविन्दर सिंह कांग (८४.५७ मीटर) रहेका छन्। भाला फ्याँक्ने स्पर्धामा रजत र काँस्य पदक पनि उत्तर प्रदेशले नै जित्यो। रोहित यादव ८०.४७ मीटरको साथ दोस्रो र विकास शर्मा ७९.३३ मीटरको साथ तेस्रो स्थानमा रहे।
हरियाणाको फतेहबाद जिल्लाका एकजना राजमिस्त्रीकी छोरी पूजाले १.८४ मीटरको प्रयासको साथ २०२३ सीजनमा जितेको महिलाहरूकी हाई जम्पको स्वर्ण पदकलाई कायम राखिन्। उनले बंगालकी स्वप्ना बर्मने २०२२-मा बनाएको १.८३ मीटरको राष्ट्रिय खेलहरूको गत रेकर्डलाई तोड़िन्। पूजाको निजी सर्वश्रेष्ठ प्रदर्शन १.८५ मीटरको रहेको छ, जुन राष्ट्रिय अण्डर-२० रेकर्ड पनि हो। यस स्पर्धामा तमिनाडुकी गोबिका (१.७९ मीटर)-ले रजत र कर्नाटककी अभिन्या शेट्टी (१.७७ मीटर)-ले काँस्य पदक जितिन्। बेरवालले १३ मिनट ४५.९३ सेकेण्डको समयसहित पुरुषहरूका ५००० मीटर दौड़मा स्वर्ण पदक जिते। उनले सेनाका जी लक्ष्मणनले २०१५-मा बनाएको १३ मिनट ५०.०५ सेकेण्डको राष्ट्रिय खेलहरूको रेकर्डलाई तोड़े। यो बेरवालको जारी खेलहरूमा दोस्रो स्वर्ण अनि दोस्रो राष्ट्रिय खेलहरूको रेकर्ड हो। उनले पुरुषहरूका १० हजार मीटरको दौड़ पनि २८ मिनट ४९.९३ सेकेण्डको समयमा समाप्त गरी रेकर्डको साथ स्वर्ण पदक जितेका थिए। यस स्पर्धामा हरियाणाका गगन सिंहले रजत र मध्य प्रदेशका सुनील डावरले काँस्य पदक जिते। महिलाहरूकी ५००० मीटर दौड़मा तमिलनाडुकी विथ्या रामराजले स्वर्ण पदक जितिन्। पुरुषहरूका ४०० मीटर वाधा दौड़को स्वर्ण पदक गुजरातका रुचित मोरीले जिते। उनले ५०.९७ सेकेण्डमा दौड़ पूरा गरे। महिलाहरूका शट् पुट स्पर्धामा पञ्जाबकी जेस्मिन कौरले १५.९७ मीटरको प्रयासको साथ स्वर्ण पदक जितिन्।