गेजिङ: जिल्लापाल तेञ्जिङ्ग डी डेञ्जोङ्गपाले आज जिल्लाको सुदुरवर्ती क्षेत्र कोङ्ग्री लाबदाङ ग्राम पञ्चायत एकाईको सरकारी माध्यामिक विद्यालयको भ्रमण गरे। यस अवसरमा जिल्लापालको साथमा योक्समका महकूमा अधिकारी चन्दन सिंह सुब्बा, चोङ्गराङका खण्ड विकास अधिकारी श्रीमती गीता गुरुङ साथै अन्यको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, नवनियुक्त जिल्लापाल डेञ्जोङ्गपाले जिल्लाका विभिन्न दुर्गम क्षेत्रहरूको भ्रमण गरेर त्यहाँका समस्या अनि आवश्यक्ताहरू बुझ्न श्रृखलावद्ध अभियान चलाइरहेका छन्। यसै क्रममा उनी आज कोङ्ग्री लाबदाङ पुगेका थिए।
स्थानीय सरकारी माध्यामिक विद्यालय पुग्दा विद्यालयका शिक्षक-शिक्षिका अनि विद्यार्थीहरूले जिल्लापाल डेञ्जोङ्गपालाई न्यानो स्वागत जनाएका थिए। जिल्लापालले विद्यालयको भ्रमण गर्नुको साथै विद्यार्थीहरूसँग अन्तरक्रिया पनि गरे। विद्यालयमा बिजुली सर्वराहमा भइरहेको समस्यालाई ध्यानमा राखेर जिल्लापालले आफ्नो पक्षबाट बिजुलीको तार लगाउन १० हजार रुपियाँ पनि दिए।
भ्रमण अवधि जिल्लापालले स्थानीय वासिन्दाहरूसँग पनि भलाकुसारी गरे।