छुटेका १२ जातिलाई गठित राज्य उच्चस्तरीय समितिको बैठक दिल्लीमा

IMG-20250212-WA0257

गान्तोक: राज्यका छुटेका १२ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा छुटेका जातगोष्ठीका प्रतिनिधिहरू साथै राज्य उच्चस्तरीय समिकिको दोस्रो बैठक १० फरवरीको दिन नयाँ दिल्लीमा सम्पन्न भयो। राज्यका छुटेका १२ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउन राज्य सरकारद्वारा अधिसूचना जारी गरेर गठित सिक्किम राज्य उच्चस्तरीय समितिको उक्त बैठकमा १२ जातगोष्ठीका विशेषज्ञहरुले ताजास्थितिबारे जानकारी गराएका थिए। उल्लेख्य, राज्य उच्चस्तरीय समितिका अध्यक्ष प्रोफेसर बीभी शर्मा,उपाध्यक्ष डा. महेन्द्र पी. लामा, ६ जना विशेषज्ञ सदस्यहरू अनि छुटेका जातगोष्ठीका प्रतिनिधिहरु सामेल रहेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा नयाँ दिल्लीमा आयोजित बैठकमा छुटका १२ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउन हालसम्म भइरहेको कार्य प्रगतिबारे छलफल गरिएको थियो। अखिल किराँत राई संघको मूलसचिव आरके वालिङद्वारा जारी गरिएको एक विज्ञप्तिमा उक्त उल्लेख गरिएको छ। राज्यका किराँत खम्बु राई, किराँत याखा देवान, गुरुङ, नेवार, थामी, सुनुवार, भुजेल, मंगर, खस छेत्री अनि बाहुन, सन्यासी, जोगी अनि माझी गरेर मोठ १२ जातगोष्ठीका शोधवक्ताहरूको साथमा सिक्किम राज्य उच्चस्तरीय समितिको गठन भएको हो। यसअन्तर्गत प्रत्येक सदस्यले जातगोष्ठीको इथनोग्राफी रिपोर्ट सम्बन्धित जातगोष्ठीको कार्य समितिका पदाधिकारीहरूसँग परामर्श गरेर तयार पार्ने कार्य तीव्र गतिमा भइरहेको जानकारी उक्त बैठकमा दिइयो। सो रिपोर्ट तयार भएपछि भारत सरकारको सम्बन्धित मन्त्रालयसमक्ष बुझाएर जनजातिको मान्यता दिलाउने दिशामा आवश्यक पहल लाई तीब्रता दिने बताइएको छ। यस्तो महत्वपूर्ण कार्यलाई लक्ष्यसम्म पुऱ्याउन निरन्तर दिशानिर्देशन साथै मार्गदर्शन गरिरहेका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई १२ जातगोष्ठीले आभार व्यक्त गरेको छ। मुख्यमन्त्री तामाङको योगदानप्रति राज्यका छुटेका १२ जातगोष्ठी सदैव ऋणि रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement