अहमदाबाद: भारतले बुधवार खेलिएको तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल क्रिकेट क्रिकेट म्याचमा ईंग्ल्याण्डलाई १४२ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले ३ वटा म्याचको सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। नरेन्द्र मोदी स्टेडियममा खेलिए म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारत ओपनर शुभमन गिलको ११२ रनको सहायताले ५० ओभरमा ३५६ रन बनाएर अलआउट भयो। त्यसपछि ईंग्ल्याण्ड ३४.२ ओभरमा केवल २१४ रन बनाएर अलआउट भयो। विशाल लक्ष्यलाई अघि राखेर खेल्दै ईंग्ल्याण्डको शुरुवात असल रहे पनि लगातार अन्तरालमा विकेटको पतन हुँदा भारतको काम सजिलो भयो। फिल सल्ट र बेन डकेटको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति ३८ बलमा ६० रनको पार्टनरशीप गरे पनि ईंग्ल्याण्डले तेजीको साथ रन बनाउने प्रयासमा लगातार विकेट गुमायो। टम बेण्टन र गस एटकिन्सनले सर्वाधिक ३८-३८ रन बनाए। यसमा एटकिन्सनले १९ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक डकेटले ३४, जो रुटले २४ र सल्टले २३ रनको योगदान दिए। भारतीय बलरहरूमा अर्शदीप सिंह, हर्षित पटेल, अक्षर पटेल र हार्दिक पाण्डयाले २-२ विकेट हासिल गरे। यसअघि भारतको ईनिंग्समा गिलको शतक मुख्य आकर्षण रह्यो, जसले वनडे प्रारूपमा आफ्नो सातौं शतक बनाए। उनले १०२ बल खेलेर १४ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक फर्ममा रहने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाए। केएल राहुलले पनि ४० रनको योगदान दिए। श्रेयसले ६४ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए जबकि कोहलीले ५५ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। राहुलले पनि २९ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। कप्तान रोहित शर्मा केवल १ रन बनाएर आउट भएपछि गिलले कोहलीसँग दोस्रो विकेटको निम्ति ११६ रन र श्रेयससँग तेस्रो विकेटको निम्ति १०४ रनको पार्टनरशीप गरेर टीमलाई असल स्थितिमा पुऱ्याए। ईंग्ल्याण्डका बलरहरूमा स्पिनर आदिल राशिदले सर्वाधिक ४ विकेट लिए।