गेजिङ: कोङरी लाब्दाङ बहुउद्देश्यकारी सहकारी संस्थाको वार्षिक सभा हिजो गेजिङ जिल्लाको कोङग्री लाब्दाङमा सम्पन्न भयो। यस सभाको अध्यक्षता पञ्चायत उपाध्यक्ष तेजपुर लेप्चाले गरेका थिए। यो कार्यक्रम केवल बैठक मात्र नभएर सहकारी आन्दोलनलाई सुदृढ पार्ने उद्देश्यले तयार पारिएको थियो। बैठकमा सहकारी प्रणालीमाथि महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिइएको थियो। जसमा अधिकारीहरू र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको थियो। जसमा पञ्चायत सदस्यहरू कर्मा भोटिया र प्रबन्धक तथा रेजिस्ट्रार लाडेन गेन्सापाले वार्ता पेश गरेकी थिइन्। सभालाई सम्बोधन गर्दै क्रममा पाल्देन भोटियाले कोङ्ग्री लाब्दाङ एमपीसीएसको वार्षिक साधारण सभाको महत्त्व र सामाजिक-आर्थिक विकासलाई बढावा दिन सहकारिताको बृहत् भूमिकामाथिजानकारी गरान्। उनले अन्तर्राष्ट्रिय सहकारिता वर्षको नाराबारे ध्यानाकर्षण गराए। यसपछि लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरियो।