केन्द्रीय मन्त्री रिजीजूसित मुख्यमन्त्रीको भेट

IMG-20250212-WA0244

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङले हिजो केन्द्रीय संसदीय तथा अल्पसंख्यक मामिला मन्त्री किरण रिजीजूसँग भेट गरे। नयाँ दिल्लीस्थित केन्द्रीय मन्त्रीको सरकारी आवासमा भएको उक्त शिष्टाचार भेटमा विभिन्न विषयमाथि छलफल गरियो। भेटको क्रममा मुख्यमन्त्री तामाङले सिक्किमको विकास र प्रगतिसँग सम्बन्धित विषयहरूमाथि गरेको जानकारी गराइएको छ। मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री रिजीजूलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सिक्किमको विकास र प्रगतिसँग सम्बन्धित विषयहरूमा छलफल भरे। मुख्यमन्त्रीले केन्द्रीय मन्त्रीको निरन्तर सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन्। यस भेट अवधि सिक्किम राज्य मन्त्रीमण्डलका सदस्यहरू पिन्छो नामग्याल लेप्चा,एनबी दाहाल, प्रमुख आवासीय आयुक्त एके चन्द, मुख्यमन्त्री कार्यालयका प्रधान सचिव एसडी ढकाल लगायत अन्य गन्यमान्य व्यक्तित्वहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement