गान्तोक: उत्तर सिक्किममा ग्रेफ (सीमा सड़क सङ्गठन)को एउटा ट्रिप्पर पल्टेर घरमाथि झर्दा एक सात वर्षीया बालिकाको घट्नास्थलमा नै मृत्यु भएको छ भने एकजना महिला र अर्को ४ वर्षीय बालक घाइते भएका छन्। घट्ना हिजो अपराह्न मंगन जिल्लाअन्तर्गत चुङ्गथाङ, राबुमको हो। प्राप्त जानकारीअनुसार ग्रेफको एउटा ट्रिप्पर (ट्रक) सड़कदेखि लगभग ५० फुट तल झरेको थियो। सड़कदेखि तल झर्दा ट्रिप्परले एउटा कच्चा घरलाई चपेटमा लिएको थियो जुन घरमा मृतक बालिका साथै घाइते महिला र बालक थिए।