डा. अम्बेडकर ग्राम सुधार समितिकोे गठन

IMG-20250212-WA0236

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर एक अनि छ जसलाई वर्तमानसम्म पनि मुर्दाहट्टी एवम् अन्य कतिपय नामले चिन्ने गरिन्थ्यो। जहाँ ५३-५३ परिवारहरु आफ्ना परिवार लिएर दुइ तीन पिँढीदेखि सामाजिक रूपमा अव्यवस्थित भएर बसी रहेका थिए। यी सबै परिवारहरुलाई सामाजिक रूपमा व्यवस्थित पारेर राख्नकोे निम्ति साथै वर्तमानमा पनि यस भेगका युवा पिँढीहरुलाई सही मार्ग दर्शनकोे अभावमा विभिन्न प्रकारका नकरात्मक कार्यदेखि सही दिशा दिन हेतु गाउँका सम्पूर्ण परिवारहरुलाई लिएर मोहन राईकोे अध्यक्षता अनि २८ नम्बर समाष्टिका सभासद श्याम शेर्पाकोे उपस्थितिमा एउटा सभा आयोजन गरियो। सभामा यस भेगका सामाजिक परिवेश लगायत यस भेगमा बस्ने मानिसहरूले व्यवस्था हुँदा हुँदै पनि अव्यवस्थाकोे कारण भोगिरहेको समस्या विषय लिएर चर्चा विचचर्चा गरेपछि सभासद श्याम शेर्पाकोे महत्त्वपूर्ण सामाजिक सुझावलाई ध्यान राखेर सम्पूर्ण ग्रामवासीकोे सर्वसम्मतिले यस भेगमा सर्वाङ्गिक विकास अनि सामजिक व्यवस्था बनाउन हेतु डा बाबा साहेब भीमराव अम्बेडकरकोे नाम दिएर डा. भीमराव अम्बेडकर ग्राम सुधार समिति गठन गरियो। सभामा सम्पूर्ण गाउँका सर्वसम्मति अनि सुझाव पश्चात समितिलाई सञ्चालन हेतु एउटा सञ्चालन समिति पनि गठन गरियो। यसमा सभासद श्याम शेर्पाकोे सूझाव बमोजिम यस भेगमा ऐतिहासिक कार्य हुन सम्भव भएकोले उनलाई यस संस्थाको संरक्षकनरखियो भने समितिलाई सञ्चालन हेतु मुख्यतः सभापति मोहन राई, सचिव संजय राउत, अनि कोषाध्यक्ष विकास तामाङलाई चयन गरिएको जानकारी सचिव संजय राउतले‌ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement