सिलगढी: सिलगढीको ट्राफिक जामको समस्या कम गर्न भक्तिनगर ट्राफिक विभागका पुलिसकर्मी फेरि सिलगढी सेवक रोड क्षेत्रमा अवैध पार्किङको विरुद्धमा सडकमा उत्रेका छन्।
बुधबार बिहानैदेखि ट्राफिक पुलिसले रिकभरी भ्यानसहित सेवक रोड छेउछाउमा सञ्चालन गरे। यस अवधिमा अवैध पार्किङका कारण धेरै सवारी साधनको अनलाइन चलान पनि काटे।
यो अभियान निरन्तर जारी रहेको र आगामी दिनमा पनि जारी रहने भक्तिनगर ट्राफिक पुलिसले जनाएको छ।