खरसाङकी वैष्वणी थापाद्वारा लिखित पुस्तक ‘भारतीय लोकतन्त्रमा गोर्खा नारी – परिचय र प्रतिबिम्ब’ दिल्लीमा लोकार्पण

IMG-20250212-WA0232

खरसाङ: खरसाङकी वैष्वणी थापाद्वारा लिखित पुस्तक ‘भारतीय लोकतन्त्रमा गोर्खा नारी – परिचय र प्रतिबिम्ब’ नामक पुस्तक दिल्लीमा लोकार्पण गरिएको छ। खरसाङको वार्ड नम्बर ५ निवासी पिता राजेन्द्र प्रसाद थापा र माता वीणा छेत्रीकी सुपुत्री वैष्णवी थापाको उक्त पुस्तक दिल्लीको प्रगति मैदानमा बुक ट्रस्ट अफ् ईण्डियाको आयोजनामा आयोजित वर्ल्ड बुक फेयरमा लोकार्पण गरिएको जानकारी प्राप्त भएको छ। वैष्णवी थापाले आफ्नो उक्त पुस्तक -‘भारतीय लोकतन्त्रमा गोर्खा नारी – परिचय र प्रतिबिम्ब’ छ महिनामा नै लेखिसकेको जानकारी प्राप्त भएको छ।‌ उनले उक्त पुस्तक युवाहरुको मार्ग दर्शनका लागि प्रधानमन्त्री परियोजना ‘युवा’ उदयीमान एंव बहुप्रतिभाशाली श्रृंखलाको एक अंश रहेको बताइएको छ। ३० वर्षमुनिका युवा लेखकहरुलाई प्रशिक्षण दिने लक्ष्यको साथमा यस योजनाको पहिलो संस्करण २०२१-२०२२ मा भारत सरकारको शिक्षा मन्त्रालयद्वारा भारतको स्वतन्त्रताको ७५औं वर्षगाँठको उपलक्ष्यमा आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत शुरु गरिएको थियो। यसमा बुक ट्रस्ट अफ् ईण्डियालाई यस कार्यको कार्यन्वयनको लागि राखिएको बताइएको छ। बुक ट्रस्ट अफ् ईण्डियामार्फत् उनले उक्त पुस्तक तयार पारेकी थिइन्। वैष्वणी थापा हालमा भारतीय संस्कृति मन्त्रालय अन्तर्गत इन्दिरा गाँधी राष्ट्रिय कला केन्द्रको आदी दृश्य विभागमा कार्यरत्‌ छन्। उनले दिल्लीमा पुगेर देशकै धेरै युवाहरुलाई उछिन्दै यस पुस्तक लेख्नका लागि चयन भइन्। उनले यसको लागि कडा मेहनत गरेको जानकारी प्राप्त भएको छ। उनले केवल ६ महिनाको छोटो समयमै कडा मेहेनत र परिश्रमको साथमा उक्त पुस्तक तयार पारेर आफुलाई सक्षम बनाइन् भने आफ्नो परिवार, ठाउँ र गोर्खा जातिलाई नै गौरवान्वित बनाएका छन्।

यस विषयमा उनले बताए अनुसार शुरुदेखि नै राष्ट्रिय स्तरमा पुगेर आफ्नो जातिको विषयमा लेख्ने इच्छा रहेको र आफ्नो जातिको गौरवपूर्ण इतिहासलाई आफ्नै नेपाली भाषामा लेख्ने इच्छा भएको र त्यो पूरा गरेको बताइन्। उनले छोटो समयमा आफ्नो मेहनत र परिश्रम साथै लगनशीलताले आफ्नो जातिको विषयमा राष्ट्रिय स्तरमा पुस्तक आफ्नै नेपाली भाषामा लेख्न सकेर खुशी लागेको बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement