कोलकाता: पश्चिम बङ्गाल सरकारको राज्य बजेटलाई प्याटन इण्डियाका एमडी सञ्जय बुधियाले जनमुखी बताउँदै स्वागत जनाएका छन्l एमडी सञ्जय बुधियाले यसरी आफ्नो टिप्पणी जारी गरेका छन्, ‘‘वित्तमन्त्री श्रीमती चन्द्रिमा भट्टाचार्य तथा उनको कुशल टोलीद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीको मार्गदर्शनमा प्रस्तुत गरिएको राज्य बजेटले समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न मुद्दाहरूलाई एकसाथ सम्बोधन गर्ने बहुआयामिक रणनीति सफलतापूर्वक अवलम्बन गरेको छ।
- ग्रामिण सम्पर्क सुधार, नदी कटान नियन्त्रण तथा कृषि सहयोग विस्तारमा दिइएको ध्यान ग्रामीण विकासका लागि स्वागतयोग्य पहल हुन्।
- ग्रामिण भेकहरूलाई सुदृढ बनाउन पूर्वाधार परियोजनाहरूमा गरिएको कोष विनियोजनले यी परियोजनाहरूलाई तीव्रता दिनेछ।
- ४.७५ किलोमिटर लामो गङ्गासागर पुलको निर्माणका लागि विनियोजित ५०० करोड रुपियाँ धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो परिवर्तन ल्याउने महत्वपूर्ण परियोजना हुनेछ।
- बंगालर बाडी योजनाअन्तर्गत १६ लाख नयाँ घर निर्माण गर्न ९६०० करोड रुपियाँको बजेट विनियोजन गरिएको छ, जसले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै आर्थिक वृद्धिमा समेत बहुगुणी असर पार्नेछ।”