खरसाङ: हिल तृणमूल कांग्रेसको खरसाङस्थित कार्यालयमा सम्पन्न समर्थन कार्यक्रममा २१ परिवारहरु हिल तृणमूल कांग्रेसमा सामेल भएको दाबी गरिएको छ। हिल तृणमूल कांग्रेसको पदाधिकारीहरुको उपस्थितिमा २१ परिवारहरुले हिल तृणमूल कांग्रेसको झण्डा समाएका छन्। यस अवसरमा सामेल हुनेहरुलाई हिल तृणमूल कांग्रेसको माइनोरिटी सेलको दार्जिलिङ जिल्लाको उप सभापति शराफद अलि, खरसाङकि उप सभापति विशाल थापा र असताफ हुसेन, सह सचिवद्वय रुस्तम अलि र सलमान अलि उपस्थित रहेका थिए। उक्त हिल तृणमूल कांग्रेसको पदाधिकारीहरुको बाहुलीबाट नै पार्टीमा सामेल हुनेहरुलाई पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। हिल तृणमूल कांग्रेसको पदाधिकारीहरुले नयाँ सदस्यहरुलाई स्वागत जनाउँदै सरकारी सहुलियतहरु लगातार रुपमा आईरहेका छन् तर बीचमा कता हराउँछ तर हामी सरकारी सहुलियतहरु दिलाउन तयार छौं भनी बताएका छन्। त्यसरी नै हामीसित जोडिनु भएको छ अब मिलेर काम गर्नुपर्छ र मुख्यमन्त्री ममता ब्यानर्जीको हातलाई बलियो बनाउनुपर्छ भनी बताएका छन्।