दार्जिलिङको युवा सिद्धार्थ नामग्याल वाङ्दी आईटीसी कम्पनीको हिस्सेदार

IMG-20250212-WA0225

खरसाङ: दार्जीलिङका युवा सिद्धार्थ नामग्याल वाङ्दी भारतको ख्यातिप्राप्त आईटीसी (ITC) कम्पनीसित जाडिन पुगेको खबर प्राप्त भएको छ। सिद्धार्थ नामग्याल वाङ्दीले मुम्बईमा आफ्नै सानो निजी कम्पनीलाई बढोत्तरी गरी भारतव्यापी रूपमा सञ्चालनमा ल्याएर हालमा आईटीसी जस्ता भारतको उच्च कम्पनीसँग हिस्सेदार बन्न पुगेको हो। सिद्धार्थ वाङ्दीको यस उपलब्धिले सम्पूर्ण पहाडवासीका युवावर्गलाई इन्टरप्रेनरशिपमा भविष्य बनाउन चाहनेहरूका लागि एउटा प्रेरणाको स्रोत भएको छ। उद्यमी बन्न चाहाने युवाहरूका लागि यदि लगन र मेहनत भए देशका ठूला-ठूला कम्पनीहरूमा हिस्सेदारी गर्न सक्ने सम्भावना सिद्धार्थ वाङ्दीको उपलब्धिले दिएको छ। स्मरण रहोस् दार्जिलिङमा जन्मेका सिद्धार्थ नाम्ग्याल प्रो. रिन्जी इडेन वाङ्दी र विजय प्रधानका छोरा हुन्। सिद्धार्थले आफ्नै ठाउँबाट स्कूल तहसम्मका शिक्षार्जन गरेर मात्र बाइस वर्षको उमेरमा दिल्ली विश्वविद्यालयको एफएमएस -बाट एमबीएस गरी टाटा एड्मिनिस्ट्रेटिप सर्भिसमा मेनेजरको पदभार सम्भालेका थिए भने पछि थाइल्याण्डको राजधानी बेङककमा टाटा स्टिल कम्पनीमा संलग्न रही मेनेजेर पदमा कार्य गरेका थिए। उनलाई आफ्नो देशमै रहेर केही गर्ने उत्सुकता थियो त्यसैले विदेशी लाखौँ रुपियाँको वेतनलाई त्यागेर देशकै मुम्बई नगरीमा आई आफ्नो निजी कम्पनी आरम्भ गरी प्रसुमा (PRASUMA) नामक कम्पनीको रूपमा संलग्न रहन सफल भएको हो। शुरुवातमा निकै मेहेनत र संघर्ष गरेर खडा गरेको उक्त कम्पनीले छोटो समयमा धेरै ठूलो उपलब्धि हाँसिल गर्न सक्षम भएको हो। हाल प्रसुमा मीटिगो र प्रसुमा मोमो किचन ब्रान्डमार्फत परिचालित छ र यसको कारोबार रन-रेट २०० करोडको रहेको बताइएको छ। यसले बाओस, कोरियाली फ्राइड चिकेन, सेजवान मोमो मील, र जापानी फ्राइड राइस जस्ता बजारमा आउने फ्रोजन उत्पादनहरू विकास गरेको छ। आईटीसीले प्रसुमा अन्तर्गत १३१ करोडमा ४३.८१ प्रतिशत हिस्सेदारी प्राप्त गर्ने तयारी गरेको छ। यसले १०,००० करोडको हालको बजार आकारको साथ द्रुत गतिमा बढ्दो फ्रोजन फूड स्पेसमा आफ्नो उपस्थितिलाई प्राभावित गर्ने बताइएको छ। कम्पनीले पूर्व-परिभाषित मूल्याङ्कन मापदण्डको आधारमा र निश्चित सम्झौताअनुसार उल्लेख गरिएका अन्य सर्तहरूको अधीनमा रहेर २०२८ सम्ममा प्रसुमाको १०० प्रतिशत हिस्सा क्रमिक रूपमा प्राप्त गर्ने योजना बनाइएको जानकारी प्राप्त भएको छ। लिसा सुवाल सीईओ र सिद्धान्त वाङ्दी सीईओओ रहेको प्रसुमा टोलीले तीन वर्षको अवधि व्यवसायका सबै कार्यहरूलाई जारी राखेर आईटीसी बोर्डमा प्रतिनिधित्व गर्नेछ भन्ने थप जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement