सिडनी: स्टीव स्मिथको कप्तानीमा अष्ट्रेलियाई क्रिकेट टीम च्याम्पियन्स ट्रफीमा आफ्नो प्रमुख पेस बलर मिचेल स्टार्क बिना ओर्लिनेछ, जसले निजी कारणहरूले गर्दा टुर्नामेण्टबाट नाम फिर्ता लिएका छन्। वनडे वर्ल्ड कप विजेता अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टीममा धेरै फेरबदल गर्नु पऱ्यो कारण कप्तान प्याट कमिन्स, पेस बलर जोस हेजलवुड र अलराउण्डर मिचेल मार्शको चोट निको भएको छैन जबकि मार्कस स्टोइनिसले अचानल वनडे क्रिकेटबाट सन्न्यास लिएका छन्। अष्ट्रेलियाई चयन समितिका प्रमुख जर्ज बेलीले भने, हामी मिच (स्टार्क)-को फसेलालाई सम्मान गर्छौं। अन्तर्राष्ट्रिय क्रिकेटलाई लिएर उनको प्रतिबद्धतालाई लिएर उनलाई सम्मान गर्छौं। उल्लेखनीय छ, गालमा गत हप्ता टेस्ट म्याचको अन्तिम चरणमा स्टार्कलाई खुट्टाको समस्याले सताएको थियो। यसैकारण उनले श्रीलंकाविरुद्ध बुधवारदेखि शुरु वनडे सीरीजमा पनि हिस्सा लिएनन्। क्रिकेट अष्ट्रेलियाले बताएअनुसार, स्टार्कले निजताको सम्मान गर्ने अनुरोध गरेका छन् अनि उनले यस फसेलामाथि कुनै बयान दिनेछैनन्। यस घटनाले अष्ट्रेलियाई टीमलाई ठूलो धक्का लागेको छ कारण वर्ल्ड कप २०२३-मा उनीहरूको खिताबी जीतमा कमिन्स, हेजलवुड र स्टार्कको महत्त्वपूर्ण भूमिका थियो। कमिन्स र मार्शको अनुपस्थितिमा स्मिथलाई कप्तान बनाइएको छ। यसरी पेस बलर स्पेन्सर जनसन, नाथन एलिस, सीन एबोट र बेन ड्वारर्शिसलाई च्याम्पियन्स ट्रफीको टीममा सामेल गरिएको छ।
च्याम्पियन्स ट्रफीको निम्ति अष्ट्रेलियाई टीम यसप्रकार छः
स्टीव स्मिथ (कप्तान), सीन एबट, एलेक्स केरी, बेन ड्वारर्शिस, नाथन एलिस, जेक फ्रेजर-म्याकगर्क, आरोन हार्डी, ड्रेविस हेड, जोश ईंग्लिश, स्पेन्सर जनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, म्याथ्यू शर्ट, एडम जाम्पा
ट्रेवलिंग रिजर्वः कूपर कोनोली