फिल्म फरवरी २८, २०२५ मा सिनेमाघरमा रिलिज हुनेछ
मुम्बई: अमेजन एमजीएम स्टूडियोजले एक्सेल एन्टरटेनमेन्ट र टाइगर बेबीसँगको सहकार्यमा आफ्नो अत्यधिक प्रतिक्षित ओरिजिनल फिल्म ‘सुपरबोयज अफ मालेगाव’ को रोचक र मनमोहक थिएट्रिकल ट्रेलर सार्वजनिक गरेको छ। यो फिल्म एक वास्तविक कथाबाट प्रेरित छ र महाराष्ट्रको सानो शहर मालेगावको पृष्ठभूमिमा आधारित छ। फिल्म नासिर शेख नामक एक उत्साही फिल्म निर्माताको जीवनकथामा आधारित छ, जसले आफ्ना साथीहरूको साथ मिलेर मालेगावलाई फिल्म निर्माणको केन्द्र बनाउने सपना देख्छ। फिल्मको निर्माण एक्सेल एन्टरटेनमेन्ट र टाइगर बेबीले गरेका छन्, भने यसका निर्माता रितेश सिधवानी, फरहान अख्तर, जोया अख्तर, र रीमा कागती रहेका छन्। फिल्मको निर्देशन रीमा कागतीले गरेकी हुन्, जबकि पटकथा वरुण ग्रोवरले लेखेका छन्।
फिल्ममा आदर्श गौरव, शशांक अरोड़ा, विनीत कुमार सिंह, अनुज सिंह दुहान, साकिब अयूब, पल्लव सिंह, मंजीरी पुपला, मुस्कान जाफरी र ऋद्धि कुमार जस्ता प्रतिभाशाली कलाकारहरूको शानदार टोली समावेश छ। सुपरबोयज अफ मालेगाव फरवरी २८, २०२५ मा भारत, अमेरिका, इङ्गल्याण्ड, युएई, अस्ट्रेलिया, र न्यूजील्याण्डका सिनेमाघरहरूमा रिलिज हुनेछ। ‘सुपरबोयज अफ मालेगाव’ को ट्रेलरले दर्शकहरूलाई सपनाहरू, संघर्ष र सिनेमा प्रेमले भरिएको एक प्रेरणादायी यात्रामा लैजान्छ। फिल्मले मालेगावका एक महत्वाकांक्षी युवक नासिर शेख को कथा प्रस्तुत गर्छ, जसको सपना आफ्नै शहरमा फिल्म बनाउनु हो। सिनेमाको जादुले प्रभावित भएका नासिर र उनका साथीहरू सीमित संसाधनका बाबजुद आफ्नै तरिकाले फिल्म निर्माणमा लाग्छन्। ट्रेलरमा रमाइलो अडिसन, सुलभ तरिकाले गरिएको फिल्ममेकिङ र जीवनका चुनौतीहरूको सामना गर्नुपर्ने दृढ इच्छालाई प्रभावशाली रूपमा चित्रण गरिएको छ। फिल्म सपना देख्ने साहस, मित्रताको शक्ति र सिर्जनात्मकताको कुनै सीमा हुँदैन भन्ने सन्देश दिन्छ।

अमेजन एमजीएम स्टूडियोजको पहिलो भारतीय मूल फिल्मको विश्वव्यापी प्रदर्शन प्राइम भिडियो इण्डियाका हेड अफ ओरिजिनल्स निखिल मधोकले भने, “सुपरबोयज अफ मालेगाव, जसले टीआईएफएफ र बीएफआई लण्डन फिल्म फेस्टिभलमा प्रशंसा प्राप्त गरिसकेको छ, भारतीय कथाहरूको विश्वव्यापी अपिलको उत्कृष्ट उदाहरण हो। यो अमेजन एमजीएम स्टुडियोजको पहिलो भारतीय मूल फिल्म हो, जसले विश्वभर सिनेमाघरमा डेब्यू गर्दैछ। हामी आफ्नो साझेदार एक्सेल एन्टरटेनमेन्ट र टाइगर बेबीप्रति आभारी छौँ, जसले यो अविश्वसनीय यात्रा साकार गर्नमा सहयोग गरे।”
एक्सेल एन्टरटेनमेन्टका निर्माता रितेश सिधवानीले भने, “सुपरबोयज अफ मालेगाव सपनाहरू र अठोटको उत्सव हो। हामी अमेजन एमजीएम स्टूडियोजसँग सहकार्य गर्दै यो प्रेरणादायी कथा दर्शकहरू समक्ष ल्याउन उत्साहित छौँ।” निर्माता फरहान अख्तरले भने, “हामी सधैं अर्थपूर्ण फिल्महरू बनाउन चाहन्छौँ, जुन भारत मात्र नभई विश्वभरका दर्शकहरूसँग पनि जोडिन सक्छ। सुपरबॉयज अफ मालेगावले प्रमाणित गर्छ कि कुनै सपना ठूलो हुँदैन, यदि त्यसलाई साकार पार्न परिश्रम गरियो भने।” निर्माता जोया अख्तरले भनिन्, “सुपरबोयज अफ मालेगाव एक यस्तो कथा हो, जुन कला सिर्जना गर्ने मानव इच्छाको शक्तिलाई दर्शाउँछ। यो फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा अपार माया प्राप्त गरिसकेको छ, जुन यसको सार्वभौमिक अपिलको प्रमाण हो।” निर्देशक रीमा कागतीले भनिन्, “यो फिल्म केवल मालेगावमा फिल्म निर्माणको सुरुवातबारे मात्र होइन, यो त्यस्ता सपनाहरूको कथा हो, जसले सीमित स्रोत-साधनका बाबजुद असिमित सम्भावनाहरू सिर्जना गर्नसक्छ।”
वैश्विक फिल्म महोत्सवहरूमा ‘सुपरबोयज अफ मालेगाव’ को भव्य प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रशंसा पाइसकेको छ। ४९औं टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव (टीआईएफएफ) २०२۴ मा यसको वर्ल्ड प्रिमियर भएको थियो, जहाँ फिल्मलाई स्ट्यान्डिङ ओभेशन प्राप्त भयो। ६८औं बीएफआई लण्डन फिल्म फेस्टिभलमा पनि फिल्मले दर्शकहरूलाई प्रभावित गर्यो। रेड सी फिल्म फेस्टिभल मा फिल्मले विशेष ध्यान आकर्षित गर्यो। हालै ३६औं पाम स्प्रिङ्स अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा यसलाई यंग सिनेस्ट सेग्मेन्ट अन्तर्गत विशेष उल्लेख गरिएको थियो। ‘सुपरबोयज अफ मालेगाव’ एक हास्य-नाटक हो, जसले दर्शकहरूलाई हँसाउने मात्र होइन, गहिरो रूपमा छुने कथासँग जोड्नेछ। यो प्रेरणादायी कथा २८ फरवरी २०२५ मा विश्वभरका सिनेमाघरहरूमा हेर्न सकिनेछ।