नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशनको मतदान सकियो, आज मतगणना हुँदै

IMG-20250212-WA0166

काठमाडौंँ(देशबन्धु): नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मंगलबार राति अबेरसम्म मतदान सकिएको नेकपा नयाँ शक्तिका नेता रुपनारायण श्रेष्ठले जानकारी दिए। ‘राती १२ बजेतिर मतदान सकिएको, बुधबार बिहान मतगणना सुरु हुने उनले बताए।
बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणनाको तयारी भएको एक नेताले बताए। पार्टी पदाधिकारी र केन्द्रीय सदस्यसहित ९० पदमा ७० पदमा निर्वाचित भएका छन्। अध्यक्षका लागि डा बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्। महिला र दलित उपाध्यक्षमा मानुषी यामी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासहित १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका अध्यक्षका उम्मेदवार बाबुराम भट्टराईले आफ्नो राजनीतिक र पार्टी जीवनमा पहिलोपट आफुले आबद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement