सिलगढी: सिलगढीको २३ नम्बर वार्डको सूर्यसेन प्राथमिक पाठशालामा शिक्षक दिवस पालन गरियो। विद्यार्थी नानीहरुले यस पावन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। उक्त स्कुलमा विद्यार्थीहरूको संख्या १२७ रहेको छ। यस वर्ष शिक्षक दिवसको अवसरमा उक्त स्कुलका शिक्षक शिक्षिकाहरूले आफ्नो वेतनको रुपियाँले विद्यार्थीहरूलाई मिड डे मिलको खानामा मासु भात खुवाए।यसरी मासु भात खान पाउँदा विद्यार्थीहरू निक्कै खुसी भए। उक्त स्कुलका प्रधान शिक्षिका जयिता पन्डितले बताएअनुसार मुख्यतः मिड डे मिल मा नानीहरूलाई अण्डा, भात, सब्जी, सोयाबीन खुवाउने गर्दछ तर आज शिक्षक दिवसको अवसरमा सबै शिक्षक-शिक्षिकाहरूको पहलमा विद्यार्थीहरूलाई मासु भातको व्यवस्था गरिएको थियो।









