मीडिया काउन्सिल बिधेयक अब आम संचार परिषद

IMG-20250212-WA0152

काठमाडौंँ( देवेन्द्र किशोर ढुङगाना): सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल विधेयकको नाम परिवर्तन गरी राष्ट्रिय सभाबाट पारित भएको छ। नेपाली परिषद्को नाम नेपालीकरण ‘आम सञ्चार परिषद’ भएको छ। तर सरकारले प्रेस काउन्सिलभन्दा पनि कमजोर निकाय बनाउन खोजेको छ। लामो बहसपछि अन्ततः विज्ञहरुको सुझावसहित राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारको चाहनाअनुसार प्रतिवेदन तयार गरी राष्ट्रियसभामा सर्वसम्मतिले पारित गरेको हो।
राष्ट्रियसभाले पारित गरेको व्यवस्था प्रतिनिधिसभाबाट पारित भएमा परिषद् सञ्चार मन्त्रालयको विस्तारित शाखामा परिणत हुने विज्ञहरुको भनाइ छ। चाखलाग्दो पक्ष के छ भने विधेयकको प्रस्तावनामा परिषद्मा पदाधिकारी नियुक्ति र हटाउने विषयमा स्पष्ट व्यवस्था छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement