विराटनगर: विराटनगरको कोशी अस्पतालमा उपचाररत मोरङको रतुवामाई घर भएका १ जना बन्दीको बुधबार मृत्यु भएको छ।
मुद्दाको किनारा लाग्ने पर्खाइमा रहेर जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि किसुनलाई उपचारका लागि फरबरी १०मा कोशी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा बुधबार मृत्यु भएको ढुंगेलले बताए। उनका अनुसार जबरजस्ती करणी मुद्दामा किसुनलाई जिल्ला अदालत मोरङले गत जुलाई ५मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।