अष्ट्रेलियाई स्पिनरको संदिग्ध बलिंग एक्शनमाथि रिपोर्ट

IMG-20250212-WA0144

नयाँ दिल्ली: श्रीलंकाविरुद्ध टेस्ट सीरीजमा अष्ट्रेलियाका सबैभन्दा सफल स्पिनर रहने म्याथ्यू कुहनेम्यानमाथि गत हप्ता गालमा खेलिएको दोस्रो क्रिकेट टेस्ट म्याचको अवधि संदिग्ध बलिंग एक्शनको रिपोर्ट गरियो। क्रिकेट अष्ट्रेलियाले गालमा खेलिएको २ वटा टेस्ट म्याचमा १६ विकेट लिने कुहनेम्यानमाथि म्याचपछि रिपोर्ट गरिएको पुष्टि गरेको छ। उनको बलिंग एक्शन वैध छ या छैन भन्ने साबित गर्न अब उनले केही जाँचको सामना गर्नु पर्नेछ। मूल्यांकनपछि उनको बलिंग एक्शन अवैध रहेको थाहा लागे २८ वर्षीय कुहनेम्यानमाथि आफ्नो बलिंग एक्शनमा बद्लाउ गरेर मूल्यांकन पास नगरेसम्मको निम्ति निलम्बित गरिनेछ। कुहनेम्यानलाई अहिले तस्मानियाको निम्ति घरेलु क्रिकेट खेल्न जारी राख्ने अनुमति छ तर एक्शनको मूल्यांकन नभएसम्म उनले अन्तर्राष्ट्रिय स्तरमा बलिंग चाहिँ गर्न सक्नेछैनन्।
क्रिकेट अष्ट्रेलियाद्वारा जारी बयानमा भनिएको छ, अष्ट्रेलियाई टीमलाई गालमा श्रीलंकाविरुद्ध दोस्रो टेस्ट म्याचपछि म्याच अधिकारीहरूले रेफरलबारे सूचित गरेका थिए अनि यस मामिलाको हल ननिस्किएसम्म हामी पूरा प्रक्रियामा म्याटलाई समर्थन गर्नेछौं। कुहनेम्यानले २०१७-मा आफ्नो पदार्पणपछि १२४ वटा पेशादार म्याच खेलेका छन्। यसमा ५ वटा टेस्ट र ४ वटा वनडे इण्टरनेशनल म्याच पनि सामेल छ। उनले २०१८-देखि बिग ब्याश लीग पनि खेलिरहेका छन्। पेशादार क्रिकेटमा उनको ८ सालको करियरमा पहिलोपल्ट प्रश्न उठाइएको छ। क्रिकेट अष्ट्रेलियाले आईसीसीको नियमहरू अनुसार आईसीसी र स्वतन्त्र विशेषज्ञहरूसँग मिलेर काम गर्नेछ। यस मामिलाको हल ननिस्किञ्जेलसम्म क्रिकेट अष्ट्रेलिया र कुहनेम्यानको तर्फबाट कुनै टिप्पणी गरिनेछैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement