नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले च्याम्पियन्स ट्रफीको निम्ति आफ्नो अन्तिम टीम घोषणा गरेको छ। टीममा फेरबदल गर्ने अन्तिम तारिख १२ फरवरी रहेको हुनाले अजीत अगरकरको अगुवाईमा रहने चयन समितिले मंगलवार राति नै टीमको घोषणा गऱ्यो। टीममा २ वटा फेरबदल गरिएको छ। भारतलाई जसप्रीत बुमराहको रूपमा ठूलो झट्का लागेको छ। बुमराह चोटले गर्दा च्याम्पियन्स ट्रफीबाट बाहिर भएका छन्। यसरी ओपनर यशस्वी जयसवाललाई पनि टीममा स्थान प्राप्त भएन। बुमराहको स्थानमा हर्षित राणा र यशस्वीको स्थानमा वरुण चक्रवर्तीलाई स्थान दिइएको छ। यसबीच प्राप्त जानकारी अनुसार, एनसीए (राष्ट्रिय क्रिकेट एकाडमी)-ले बुमराहलाई फिट घोषित गरेको थियो तर पनि उनलाई टीममा सामेल गरिएन। रिपोर्टमा बुमराहलाई टीममा सामेल नगर्ने फसेला मुख्य चयनकर्ता अजीत अगरकरको थियो। यसबारे उनले प्रशिक्षक गौतम गम्भीर र कप्तान रोहित शर्मासँग पनि चर्चा गरेका थिए। उल्लेखनीय छ, कुनै पनि खेलाड़ीलाई क्रिकेटमा फर्किने अनुमति दिन अघि एनसीए-ले फिटनेसको २ वटा मानदण्डहरूको जाँच गर्छ। बुमराहको यसअघि २०२२-मा पनि ढाड़को सर्जरी भएको थियो। त्यस समय उनलाई फिट हुन १० महिना समय लागेको थियो। अहिले फेरि समस्या देखिएको छ। अष्ट्रेलिया यात्रामा सिडनी टेस्ट म्याचको अवधि उनलाई ढाड़को चोटले सताएको थियो। त्यसपछि उनले एनसीए-मा ५-६ हप्ता पुनर्वास प्रक्रियामा बिताएका थिए। त्यस अवधि उनीसँग स्ट्रेन्थ एण्ड कण्डीशनिंग ट्रेनर रजनीकान्त र फीजियो तुलसी पनि थिए। बीसीसीआई-को एउटा सूत्रले बताएअनुसार, एनसीए-का प्रमुख नितिन पटेलद्वारा पठाइएको रिपोर्टमा बुमराहलाई चिकित्सकीय रूपले फिट घोषित गरिएको थियो। त्यसपछि एनसीए-को खेल एवम् चिकित्सा विज्ञान टीमले बुमराहको चयनमाथि फसेला लिने जिम्मेवारी अगरकरको अगुवाईमा रहने चयन समितिलाई दिएको थियो। एनसीए-ले फिट घोषित गरे पनि च्याम्पियन्स ट्रफी जस्तो ठूलो टुर्नामेण्ट अघि बुमराह बलिंग गर्न फिट छन् या छैनन् भन्ने सन्देह रहेको थियो। एनसीए-ले अगरकरमाथि जिम्मेवारी दिएपछि उनले अहमदाबादमा कप्तान रोहित र प्रशिक्षक गम्भीरसँग यसबारे चर्चा गरे। च्याम्पियन्स ट्रफी जस्तो महत्त्वपूर्ण टुर्नामेण्टको निम्ति यी तीनैजना कुनै जोखिम उठाउन चाहँदैनन् थिए। यसैकारण टीममा सम्पूर्ण रूपले फिट नभएका खेलाड़ीलाई सामेल नगर्ने फसेला गरियो अनि गम्भीरका प्रिय खेलाड़ी कलकत्ता नाइट राइडर्सका पेस बलर हर्षित राणाले बुमराहको स्थान लिने मौका पाए। यसबाहेक शत प्रतिशत फिट नभएसम्म बुमराहलाई खेलाउनु जोखिमपूर्ण हुने थियो। यसअघि नितिन पटेलको अगुवाईमा रहने एनसीए-ले २०२२-मा पनि बुमराहलाई लिएर हतार गरेको थियो अनि टी२० वर्ल्ड कप २०२२ अघि बुमराहलाई अष्ट्रेलियाविरुद्ध द्विपक्षीय सीरीज खेल्ने अनुमति दिएको थियो। त्यस सीरीजले गर्दा बुमराहको चोट अझ बढ़ेको थियो। त्यस समय चेतन शर्मा चयन समितिका प्रमुख थिए।
च्याम्पियन्स ट्रफीको निम्ति टीममा सामेल हुन नसके पनि बुमराह मुम्बई इण्डियन्सको निम्ति आईपीएलमा फर्किन सक्छन्। त्यसपछि महत्त्वपूर्ण ईंग्ल्याण्ड यात्रा पनि रहेको छ। च्याम्पियन्स ट्रफीको निम्ति घोषित टीममा चयनकर्ताहरूले वरुण चक्रवर्तीको रूपमा पाँचौं स्पिनरलाई सामेल गरेको छ, जसले ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजमा असल प्रदर्शन गरेका थिए। ओपनर यशस्वी जयसवाल मुख्य टीमबाट बाहिर हुँदा च्याम्पियन्स ट्रफीमा रोहित र शुभमन गिलले ओपनिंग गर्ने तय भएको छ। विकेटकीपर ब्याटरको रूपमा रिषभ पन्त र केएल राहुल दुवै रहेका छन्। यशस्वीलाई च्याम्पियन्स ट्रफीको निम्ति ट्रेवलिंग रिजर्वमा चाहिँ राखिएको छ। उनको साथमा शिवम दुबे र मोहम्मद सिराज पनि ट्रेवलिंग रिजर्वको रूपमा दुबई जानेछन्। भारतीय टीममा कलकत्ता नाइट राइडर्सका दुईजना खेलाड़ी हर्षित राणा र वरुण चक्रवर्ती रहेका छन्।
च्याम्पियन्स ट्रफीको निम्ति भारतीय टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), रिषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रविन्द्र जडेजा, वरुण चक्रवर्ती।
ट्रेवलिंग रिजर्वः यशस्वी जयसवाल, मोहम्मद सिराज, शिवम दुबे