एसएससी, सीओआई, आरसी, पर्चा र भोटर कार्ड धारक किरायदारहरूको प्रमाणीकरण पर्दैन: डीजीपी सचदेव

IMG-20250212-WA0003

गान्तोक: राज्यमा विवादित किरायदारहरूको प्रमाणीकरणलाई लिएर सिक्किम पुलिसले स्पष्टीकरण दिएको छ। सिक्किम सब्जेक्ट (एसएससी), पहिचान प्रमाणपत्र (सीओआई), आवासीय प्रमाण पत्र (आरसी), जमिनको पर्चा र सिक्किमको भोटर कार्ड धारक किरायदारहरू प्रमाणीकरणको निम्ति पुलिस थाना धाउनु पर्दैन भनी सिक्किम पुलिसले स्पष्ट गरेको छ।
आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेवले यस्तो स्पष्टीकरण दिए। उनले एसएससी, सीओआई, आरसी, ल्याण्ड पर्चा र सिक्किमको भोटर कार्ड धारक किरायदारहरू प्रमाणीकरणको निम्ति पुलिस थाना जानु पर्दैन भने। उनले प्रमाणीकरणको आवश्यकतामाथि जोड दिॅंदै आपराधिक घटनाहरू रोकथाम गर्न र सिक्किमेहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले यस्तो कानुन ल्याएको जानकारी गराए।
पुलिस महानिदेशकले चॉंडै संशोधित अधिसूचना प्रकाशित गरिने अवगत गराउॅंदै उक्त अधिसूचना सिक्किमे पक्षीय र हितमा हुनेछ भने। उनले किरायदारहरूको प्रमाणीकरण गर्दा एकपल्ट घर मालिक पनि पुलिस थाना आउनु पर्ने र त्यसपछि पुलिसले आफ्नो कार्य गर्ने स्पष्ट पारे। ब्याङ्क रसिद (बीआर) पनि किरायदारहरूले आफ्नै खर्चमा काट्नु पर्ने उनले स्पष्ट गरे।
उनले प्रमाणीकरणको कार्य शुरू भएपछि पुलिस थानाहरूमा मानिसहरूको भीड लाग्न थालेको बताए। यस विषयलाई ध्यानमा राख्दै आगामी १५ फरवरीदेखि पुलिस आउटपोस्टहरूमा पनि प्रमाणीकरणको कार्य शुरू गरिने उनले जानकारी गराए। एक प्रश्नको जवाफमा उनले किरायदारहरू एक घरदेखि अर्को घरमा सर्नु परेको खण्डमा फेरि प्रमाणीकरण गर्न पर्ने छैन भनी स्पष्ट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement