गान्तोक: आज कञ्चनजङ्घा राज्य विश्वविद्यालय (केएसयू) का उपकुलपति प्रो. डा. आशिष शर्माले राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा उपकुलपति डा. शर्माले ८ मार्चमा प्रस्तावित विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहको निम्ति राज्यपाललाई निमन्त्रणा दिए। राजभवनद्वारा जारी विज्ञप्तिअनुसार डा. शर्माको साथमा विश्वविद्यालयका रेजिस्ट्रार कर्म सोनाम भोटिया पनि उपस्थित थिए।