नक्सलबारीमा फूटबल टुर्नामेण्ट शुरु

WhatsApp-Image-2025-02-11-at-12.42.46-PM-1024x583

नक्सलबारी: रथखोला फूटबल एकाडमी, नक्सलबारीको आयोजनमा आजदेखि नक्आउट फूटबल टुर्नामेण्ट शुरु भयो। यस टू फूटबल, नो टू ड्रग्स-को सन्देशसहित नशामुक्त समाज बनाउने लक्ष्यको साथ नेपाली बस्ती फूटबल मैदानमा आजदेखि शुरु यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यसमा ६ वटा नेपालको टीम सामेल छ। मंगलवार सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोष र दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले टुर्नामेण्टको उद्घाटन गरे। आज खेलिएको उद्घाटन म्याचमा रायगञ्जको टीमले बीवाईसी, नेपालविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आज उद्घाटन समारोहमा समाजसेवी बापन दास, टुकरियाझार वन क्षेत्रका रेञ्जर, नक्सलबारी पञ्चायत समितिका २ जना कर्माध्यक्ष र व्यवसायी समितिका महासचिवसहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement