गान्तोक: सिक्किमका तीर्थयात्रीहरूको प्रतिनिधिमण्डल प्रयागराज महाकुम्भमा सहभागी बनेपछि आज साँझ राज्य फर्किएको छन्। यस तीर्थयात्री प्रतिनिधिमण्डलमा पुजारी, पण्डित, बुङथिङ, पत्रकार र मुख्यमन्त्री कार्यालयका अधिकारीहरू सम्मिलित थिए।
सिक्किम सरकारको विशेष सहयोगमा दक्षिण र पूर्व सिक्किमका तीर्थयात्रीहरूको निम्ति सिलगढीबाट एउटा-एउटा एसएनटी बसको व्यवस्था गरिएको थियो। तीर्थयात्रीहरूले यस व्यवस्थाको लागि मुख्यमन्त्री प्रेमसिंह तामाङ एवं सिक्किम सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।