उत्तर सिक्किममा साइबर सुरक्षा र फेक लोनबारे जागरुकता अभियान

IMG-20250211-WA0257

मंगन: साइबर सुरक्षा, डिजिटल गिरफ्तारी र फेक ऋण एप जस्ता विषयहरूमा केन्द्रित सुरक्षित इन्टरनेट प्रयोगलाई प्रवर्द्धन गर्न राज्यभरि सूचना सुरक्षा जागरूकता कार्यक्रम आयोजना गरियो। मंगन जिल्ला प्रशानकि कार्यालयमा आयोजित कार्यक्रमले सुरक्षित इन्टरनेटलाई प्रमुखता दिएको थियो। कार्यक्रममा जिल्लापाल अनन्त जैनले सुरक्षित इन्टरनेटको आवश्यक्ताबारे जानकारी गराएका थिए। आफ्नो सम्बोधनमा जिल्लापालले साइबर ठगी एक निरन्तर समस्या बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मोबाइल फोनको बढ्दो प्रयोगले केही समस्याहरु उत्पन्न गरिरहेको उल्लेख गरे। उनले ठगी गर्नेहरूले वित्तीय लाभको लागि ब्यांक खाताहरूको कसरी प्रयोग गर्छन् सोबारेमा विचार साझा गरे। उनले विशेष गरी सेवानिवृत्त व्यक्तिहरूमा जागरूकता बढाउन आग्रह गरे। उनीहरूलाई आफ्नो बचत खाताहरूमा न्यूनतम रकम राख्न र अनलाइन ठगीबाट सतर्क रहन सल्लाह दिए। उनले वित्तीय र साइबर सुरक्षा सुनिश्चित गर्न जागरुक गराउँदै सावधानीमाथि जोड दिए। कार्यक्रममा ग्राम विकास अधिकारी वाङ्चेन नामकर्पा, अन्य अधिकारीहरु कैलाश थापा, संजय कुमार, मुक्सम लिम्बू, अरिनला भोटिया, सतीश कुमार साथै विभिन्न कार्यालय प्रमुखहरू र विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सहायक निर्देशक मुक्सम लिम्बूको स्वागतबाट शुरु भएको थियो। स्रोतवक्ता संजय कुमारले इन्टरनेटको प्रमुखताबारे जानकारी गराउँदै दैनिक जीवनमा यसको भूमिकाको बारेमा उल्लेख गरे। इन्टरनेट सुरक्षाको महत्त्वमाथि पनि जोड ड़िए। उनले फेक वेबसाइटहरू पहिचान गर्ने, पासवर्डहरू सुरक्षित गर्ने, सुरक्षामा र अनलाइन गोपनीयता कायम राख्ने सुझाए। उनले व्हाट्सएप सुरक्षामा जानकारी पनि साझा गरे र साइबर अपराध रिपोर्ट गर्न टोल-फ्री हेल्पलाइन १९३० माथि जानकारी दिए। उनले साइबर ठगीको बारेमा जागरूकता जगाउन भिडियो क्लिप प्रदर्शनी पनि गरे। मानिसहरुसंग अन्तरक्रिया गर्न अन्य जिल्लाहरूसँग भिडियो सम्मेलन पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement