उत्तर सिक्किममा फेरि टुट्यो बेली ब्रीज

IMG-20250211-WA0258

गान्तोक: उत्तर सिक्किममा फेरि एउटा बेली ब्रीज भाँच्चिएको छ। घट्ना जङ्गु क्षेत्रअन्तर्गत साङ्कलाङको हो। स्थानीय टिस्टा नदीमाथि निर्माण गरिएको एउटा बेली ब्रीज बिचैमा भाँच्चिएको छ। यसको साथै जङ्गु र उत्तर सिक्किमको मुख्यालय मंगनबीचको सम्पर्क पनि टुटेको छ। भाँच्चिएको पुलको बीचमा सीमा सड़क सङ्गठन (बीआरओ) को एउटा ट्रक फँसेको छ।
उल्लेखनीय छ, गत ४ जनवरीको दिन पनि उत्तर सिक्किमको लाचेनमा यसरी नै एउटा बेली ब्रीज भाँच्चिएको थियो। कटाउ ब्रीजको नामले चिनिने उक्त पुल पनि एउटा भारी वाहनको कारण नै भाँच्चिएको थियो।


प्राप्त जानकारीअनुसार आज भाँच्चिएको साङ्कालङको बेली ब्रीज गत १ जनवरीको दिन मात्र पुनः खोलिएको थियो। गत ३ र ४ अक्टोबर २०२३ को राति टिस्टा नदीमा गएको विनाशकारी भल बाढ़ीले बगाएर लगेपछि उक्त नयाँ बेली ब्रीज निर्माण गरिएको थियो।
पुल भत्किएपछि प्रशासनले सवारीसाधन साथै मानिसहरूलाई अहिलेलाई उक्त बाटो भएर आवागमन नगर्ने निर्देश जारी गरेको छ। अर्कोतिर जङ्गुका विधायक तथा सिक्किम सरकारका वन मन्त्री पिञ्चो नामग्यल लेप्चाले सम्बन्धित निकायहरूसित समन्वय राखेर आवागमन सुचारु गर्ने दिशामा पहल गरिरहेका छ भने प्राप्त अन्तिम समाचारअनुसार सीम सड़क सङ्गठनले यस दिशामा पहल पनि शुरु गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement