शेल्डन जेक्सनद्वारा क्रिकेटबाट सन्न्यासको घोषणा

IMG-20250211-WA0254

राजकोट सौराष्ट्रको प्रतिनिधित्व गर्ने भारतीय क्रिकेटर शेल्डन ज्याक्सनले खेलबाट सन्न्यासको घोषणा गरे। गुजरातविरुद्ध रणजी ट्रफीको क्वार्टर फाइनलमा सौराष्ट्र पराजित हुनको साथै यस ३८ वर्षीय ब्याटरले आफ्नो १५ सालको करियरमा विराम लगाए। उनले आफ्नो करियरमा १०६ वटा प्रथम श्रेणीको म्याच खेलेर २१ वटा चौका र ३९ वटा अर्द्धशतकको साथ ७२८३ रन बनाए। उनको सर्वोच्च स्कोर १८६ रन रह्यो। उनले आफ्नो करियरको अन्त ४५.८०-को औसतको साथ गरे। उनी विश्वसनीय ब्याटरको साथ कुशल फील्डर पनि थिए। सौराष्ट्रको तर्फबाट सीमित ओभरहरूका क्रिकेट (लिस्ट ए) मा उनले विकेटकीपिंग पनि गरेका थिए। उनले गुजरातविरुद्ध आफ्नो करियरको अन्तिम म्याचको दुईवटा ईनिंग्समा १४ र २७ रन बनाए। जेक्सनले २०११-मा सौराष्ट्रको तर्फबाट प्रथम श्रेणी करियरको शुरुवात गरेका थिए। सौराष्ट्रले २०१२-१३-मा पहिलोपल्ट रणजी ट्रफी फाइनलमा स्थान बनाएको थियो अनि त्यसको पछि जेक्सनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। घरेलु क्रिकेटमा असाधारण प्रदर्शनलाई ध्यानमा राखेर जेक्सनलाई वेष्ट इण्डिज यात्राको नम्ति भारत ए टीममा पनि चयन गरिएको थियो। उनले २०१५-१६-मा सौराष्ट्रलाई रणजी ट्रफी च्याम्पियन बनाउनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जेक्सनले गत महिना सीमित ओभरहरूको प्रारूपबाट सन्न्यास लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement